माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
जोश, जाँगर, उत्साह र उमंगका प्रतिमूर्ति हुन्, बुटवलका खेमराज रेग्मी । आफूलाई आफैं भएर मात्र चिन्न सकिन्छ भन्ने भावना राख्ने उनी जब कार्यक्रमको उद्घोषण शुरू गर्छन्, तब सबैको मन–मनमा पस्छन् । आध्यात्मिक, सांस्कृतिक कार्यक्रम मात्र होइन, टेलिभिजन प्रस्तोताका रूपमा पनि उनी परिचित छन् ।
एकदशक लामो प्राध्यापनलाई ‘बिट’ मारेर उद्घोषक/प्रस्तोताका रूपमा पहिचान बनाएका खेमराज आफूलाई अग्र्यानिक एवं सिर्जनशील उद्घोषकका रूपमा चिनाउँछन् । स्याङ्जामा जन्मिएर बुटवलमा संघर्ष गरेका उनी कार्यक्रम सञ्चालनका लागि देशका ६० जिल्ला पुगिसकेका छन्, जसमध्ये ८० प्रतिशत धार्मिक कार्यक्रम (महायज्ञ, कोटीहोम, अनुष्ठान आदि) छन् ।
भारतका विभिन्न शहरमा समेत पुगेर कार्यक्रम सञ्चालन गरिरहेका उनले अब विदेश यात्रा पनि गर्दैछन् । आफ्नै पद्धति र मधुर स्वरमा मञ्चबाट बोल्न थालेपछि उनकै बोलीको प्रभावले भक्तजन खुलेर दान गर्न अघि सर्छन् । उनी आवाजकै भरमा कुनै पनि कार्यक्रमको रूपरेखा बदल्न सक्षम छन् । उनको यात्रा तीव्र गतिमा फैलिरिहेको छ ।
दर्शक र भक्तजनले उनको मधुर बोली एवं जीवनउपयोगी वाणी निकै रुचाएका छ । सडक बालबालिकाका लागि छानो, पढ्न नपाएका बालबालिकालाई विद्यालय जाने वातावरणसहितका सामाजिक कार्यमा आफ्नो आवाज सारथि बनेको देख्दा उनलाई निकै खुशी लाग्छ ।
‘एक नजरबाट हेर्दा खेमराज रेग्मी वक्ता हो,’ उनी भन्छन्, ‘अर्को नजरबाट हेर्दा खेमराज सञ्चारकर्मी पनि हो । आध्यामिक क्षेत्रतर्फ अगाडि बढ्दै गरेको नक्षेत्र पनि हो । हरेक नागरिकले मलाई हेर्ने दृष्टिकोण फरक छ ।’
स्याङ्जाको भीरकोट नगरपालिका– ८ मा जन्मिएका रेग्मीको अहिलेको बसाइ तिलोत्तमा नगरपालिका वडा नम्बर– १ ड्राइभर टोलमा छ । उनले स्याङ्जाको भाग्योदय माविबाट २०५२ मा एसएलसी गरे । एसएलसीपछि उच्च शिक्षाका लागि पोखरा पायक पर्ने भएपनि उनी बुटवल झरे ।
बुटवल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा शुरू गरेका उनमा बोल्ने कला निकै राम्रो थियो । कक्षा ६ मा पढ्दादेखि नै विभिन्न कार्यक्रममा बोल्न थालेका थिए । विद्यालयको वार्षिकोत्सवमा कक्षा ६ मा पढ्दा नै उनले भाषण गर्ने रहर गरे । सारा अभिभावकको अगाडि मञ्चमा गएर भाषण गरे ।
कक्षा ८ मा गएपछि उनी जिल्लास्तरीय (७० विद्यालयका विद्यार्थी सहभागी) वक्तृत्वकला प्रतियोगितामा प्रथम भए । ‘विद्यालय तहबाटै मेरो पढाइ राम्रो थियो,’ रेग्मी भन्छन्, ‘एसएलसी पनि राम्रो अंकसहित उत्तीर्ण भएको थिए । साइन्स पढ्न भनिएको थियो । तर, म नेपाली भाषा साहित्यबाट जान्छु र बोलेरै जीवन चलाउँछु भन्ने सोचेँ ।’
नेपाली साहित्यबाट २०६९ मा स्नातकोत्तर उत्तीर्ण गरे । स्नातक गरेपछि उनलाई धेरै कार्यक्रम आउन थाले, माग बढ्न थाल्यो । ‘म बोल्नकै लागि हिँड्दा बीचमा केही वर्ष पढाइ ग्याप भयो,’ रेग्मी भन्छन्, ‘मलाई पीएचडी गर्न मन छ । अहिले व्यस्तताले त्यो समय जुरेको छैन ।’
स्नातक पढ्दै गर्दा उनले पढाउन थालिसकेका थिए । त्यसैबेला बुटवल एफएम खुल्यो । त्यसका लागि तालिम आयोजना गरिएको थियो ।
रेडियाका चर्चित आवाज पाण्डव सुनुवार, नवराज लम्साललगायतले प्रशिक्षण दिए । उनी एक महिनासम्म तालिममा सहभागी भए । तालिमपछि उनलाई रेडियोमा जाने ऊर्जा मिल्यो । सानैदेखि समाचारभन्दा पनि कार्यक्रम बेसमा जानुपर्छ भन्ने थियो, त्यसैतर्फ लागे ।
रेडियोमा कार्यक्रम थाले पनि उनले स्टेज समेत छाडेनन् । यसबीचमा उनलाई आध्यात्मिक यात्रामा लाग्नुपर्छ भन्ने लागिरहेको थियो । बीचमा यस्तो संयोग मिल्यो कि द आर्ट अफ लिभिङका संस्थापक रविशंकर भैरहवा आउँदा उनी कार्यक्रम सञ्चालक थिए ।
त्यतिबेलै उनको प्रस्तुतीले रविशंकरको मन छोएछ । त्यसपछि उनले आध्यात्मिक यात्रामा धेरै फड्को मारे । २०७४ मा त उनले देशका ३० जिल्लाका विभिन्न स्थानमा २८६ दिनसम्म कार्यक्रम सञ्चालन गरे ।
‘एकपटक त आरम्भदेखि एक दिन पनि नरोकी ८६ दिनसम्म पनि कार्यक्रम चलाएको थिएँ । त्यसपछि कोरोनाकाल शुरू भयो । त्यसबाट केही दबाबमा परियो । बीचमा मास्क लगाएर भए पनि कार्यक्रम चलाएँ । कोरोना महामारी कम भएपछि अहिले फेरि कार्यक्रम निकै बढेका छन् । कार्यक्रम गर्दिनँ भनेर पनि सुख छैन,’ उनले भने ।
उनको प्रस्तुतीबाट प्रभावित भएर भैरहवाकी गोमा उप्रेतीले काठमाडौंकी कल्याणी मातासँग भेट गराइदिइन् । त्यसपछि आध्यात्मिक क्षेत्रमा उनको सक्रियता बढ्यो । कार्यक्रमको चाङ लाग्न थाल्यो ।
महायज्ञका कार्यक्रम सञ्चालन गर्दा उनी भन्छन्, ‘दान रहरले गर्नुस्, करले होइन, ऋण खोजेर पनि नगर्नुस् ।’ ‘धर्मशास्त्रले जीवनमा कमाएको कुल सम्पत्तिको दशांश मानव सेवाका लागि खर्च गर्नुस् भन्छ । सडकमा माग्नका लागि मानिस लाइन लागिरहेका छन्, कसैका हात छैनन्, कसैका शरीरमा कपडा छैनन्, हामीले कमाएको सम्पत्तिको केही अंश मात्र तिनीहरूका लागि खर्च गर्ने हो भने पनि उनीहरूले पेट पाल्न सक्छन् । सडक बालबालिकालाई हामीले केही सहयोग गर्न सक्यौं भने शिक्षादिक्षा पाउँछन्, जीवन बदलिन्छ’ भन्ने जस्ता विषय उनको उद्घोषणमा समेटिन्छन् ।
त्यो कला जोडिएपछि भावुकता अलिकति हुन्छ । ‘रहरले नै दान गर्छन्, जबरजस्ती गर्नुस् भन्ने भावना अहिलेसम्म लिनुपरेको छैन,’ रेग्मी भन्छन्, ‘उभिइसकेपछि मान्छेमा मोटिभेसन जगाउन सक्ने भएकाले होला, मान्छेहरूको मन पग्लिन्छ, भावनामा पुग्छन् ।’
आफूले सञ्चालन गरेको कार्यक्रमको जगमा धेरै सामाजिक काम भएको उनी बताउँछन् । काठमाडौंमा ३९ जना आश्रित बालबालिका भाडाको घरमा रहेछन् । नयाँ भवन बनाउनका लागि महायज्ञ लगाइयो । त्यसमा उद्घोषणका लागि रेग्मीको खोजी भयो ।
उक्त महायज्ञमा ५ करोड रुपैयाँ संकलन भएपछि बालबालिकाहरूले बस्ने घर पाएको उनले सुनाए । यसबाट उनलाई सन्तुष्टि मिल्ने रहेछ ।
संखुवासभाको एउटा गाउँका विद्यार्थी ४ घण्टा हिँडेर विद्यालय जानुपर्ने अवस्था रहेछ । त्यहाँ कार्यक्रमको शिलशिलामा उनलाई बोल्न बोलाइयो । ३० लाखको लक्ष्य राखेर शुरू भएको कार्यक्रममा डेढ करोड संकलन भयो । अहिले त्यहाँका विद्यार्थीले आफ्नै गाउँमा ‘प्लस टु’सम्मको अध्ययन गर्न पाएका छन् ।
यसमा आफ्नो मात्र भन्दा पनि गुरुहरूको भूमिका मुख्य हुने बताएका उनले आफू पनि सत्कार्यको सारथि बन्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले काठमाडौंको पशुपतिमा सञ्चालित कोटीहोममा पनि एक महिनासम्म निरन्तर कार्यक्रम सञ्चालन गरे । आफूले यति पारिश्रमिक चाहिन्छ भनेर नमाग्ने गरेको उनी बताउँछन् । इच्छाले दिएको हात थाप्ने गरेको उनको भनाइ छ ।
अनुहारमा मुस्कानसहित बोल्ने उनका शब्दले जो कोहीको हृदयलाई पुलकित बनाउँदै तान्छन् । ‘मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने हो भने देशका प्राकृतिक सम्पदालाई बचाउनुपर्छ । देशका तीर्थस्थललाई व्यवस्थित गर्ने हो भने संसारभरका लाखौं धार्मिक पर्यटक भित्र्याउन सकिन्छ,’ कुराकानीको बिट मार्दै उनले भने ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...