×

चेतना जगाउन तल्लीन युवा

मगर समुदायलाई जगाउन लागिपरेका मेजन

कास्की | भदौ १५, २०८१

सानैदेखि प्रश्न गर्ने स्वभावका व्यक्ति हुन्, मेजन पुन । हुर्कँदै जाँदा प्रश्न गर्ने स्वभावले झन् बलियो रूप लियो । कलेज पढ्दा उनी मगर विद्यार्थी संघमा आबद्ध भए ।

त्यतिबेलैदेखि सामाजिक संरचनाले उपेक्षामा परिरहेका जनजातिको उत्थानका विषयमा कार्यक्रम गर्न थाले । तर, मिडियाबाट पर्याप्त स्थान नपाएको उनको गुनासो रहन्थ्यो । मूलधारका मिडियाले सानो कुनामा मुस्किलले स्थान दिन्थे ।


Advertisment

अधिकारको पक्षमा आवाज सुनाउन थालेका मेजनलाई थाहा थियो, ‘सानो झिल्कोले ठूलो परिवर्तन ल्याउन गाह्रो छ ।’ जनचेतना जगाउँदै परिवर्तनको आधार तयार पार्न सञ्चारमाध्यम उपयोगी माध्यम हुने सोच उनमा आयो । त्यसपछि जन्मियो, ‘राज्यसत्ता साप्ताहिक’ । 


Advertisment

०५७/५८ सालतिर देवबहादुर पाटाको नेतृत्वमा १२ जना मिलेर सञ्चार गृह दर्ता गरे । बुटवलबाट शुरू भएको साप्ताहिक पत्रिकाले आफ्नो स्थानबाट आवाज उठाइरह्यो ।

Laxmi Bank

उनको गृहजिल्ला म्याग्दी हो । बसाइँ सरेर बुटवल पुगेका हुन् । बाजेबज्यैबाट आफ्नो पुर्ख्यौली थलोको कथा सुनेका थिए– ‘कर्बाकेली’लगायत विषयमा । अधिकांश कथा त ‘रे’ मा आधारित हुन्थे । तर, त्यही ‘रे’बारे बुझ्न उनलाई म्याग्दी जान मन लाग्यो ।

शुरूमा भीरमौरीको ‘मह काँड्ने’हरूको भिडियो खिच्न भनेर म्याग्दी हिँडे । 

म्याग्दीको चिमखोला पुगेर मह काडेको भिडियो खिचे । त्यही क्रममा उनले पुन मगरको ‘कर्बाकेली’बारे बुझ्ने मौका पाए र कर्बाकेलीसम्बन्धी डकुमेन्ट्री बनाउने सोच बनाए । 

कर्बाकेलीको कथा डकुमेन्ट्रीमा उत्रियो । संयोग सोही समयमा काठमाडौंमा ‘इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल’ हुँदै थियो । पहिलो डकुमेन्ट्री, त्यो पनि पुन मगरको कर्बाकेलीको विषयमा ।

मेजनले आफ्नो पहिलो डकुमेन्ट्री फिल्म फेस्टिभलमा बुझाए । कथा छानियो पनि । अंग्रेजीमा क्याप्सन राख्नुपर्ने भयो । त्यतिबेला धेरै झञ्झट व्यहोर्नुपर्‍यो । सँगै, मेजनलाई सिकाइ पनि भयो । 

‘पहिलो काम थियो । नभएपनि केही हुँदैन भनेर फेस्टिभलमा बुझायौं । सेलेक्ट भएपछि अंग्रेजीमा क्याप्सन लेख्नुपर्ने भयो, त्यो एउटा सिकाइ थियो,’ उनले भने ।  

डकुमेन्ट्री प्रदर्शनमा आयो । उनी म्याग्दीको गाउँमा पनि डकुमेन्ट्री प्रर्दशन गर्न पुगे । गाउँमा पुग्दा उनी थप घोत्लिन पुगे । अक्षर सबैले चिन्दैनन्, तर डकुमेन्ट्री सबैले सुन्न र बुझ्न सक्छन् । पत्रकारिताले मात्र पुग्दैन, अब फिल्म बनाउनुपर्छ भन्ने उनलाई लाग्यो ।

‘हाम्रो समुदायमा साक्षरता कम छ, त्यसकारण पनि समाजमा प्रभाव पार्न भिडियो सहज हुने लाग्यो,’ उनले फिल्म निर्देशनमा लाग्नुको कारण खुलाए ।

उनको पहिलो फिल्म हो ‘एजु’ । उक्त फिल्म उनले २०६१ सालमा बनाएका थिए ।

‘एजु’ धौलागिरी क्षेत्रमा साथीलाई बोलाउने सम्बोधन हो । ‘एजु’को सफलतापछि दर्शकले ‘एजु २’ माग गरे । मेजनले त्यसको चार वर्षपछि ‘एजु’ २ बनाए । 

मगर संस्कृतिसँग सम्बन्धित ७ वटा डकुमेन्टी बनाइसकेका छन्, मेजनले । 

बुटवलबाट काठमाडौं हुँदै पोखरा बस्न थालेका मेजनले पछिल्लो समय ‘ट्याङ्चलाक’ नामक चलचित्र बनाए । सो चलचित्र साउथ अफ्रिकामा हुने डर्बान फिल्म फेस्टिभलमा ३ सय फिल्ममध्येबाट छानिएर उत्कृष्ट ३५ भित्र पर्न सफल भएको छ ।

उक्त फिल्मको कथा तनहुँको हो । केही वर्षयाता चर्चित बनेको मानुङकोटको कथा ।

बादल र घामको लाली हेर्ने पर्यटकलाई तानिरहेको मानुङकोटको व्यथा यसमा समेटिएको छ । पानीको समस्याले बस्ती फाँटमा झरेको यथार्थ कथामा चित्रण गरिएको छ ।

‘पानी भर्न बिहान उठेर दुई घण्टाको बाटो हिँड्नुपर्ने दुःखले बस्ती नै सरेछ,’ उनले सुनाए ।

मगर चलचित्रकर्मीसँगको भेटघाटका क्रममा मानुङकोट पुगेका मेजनले केही घरमात्र देखेर प्रश्न गरेपछि नयाँ कथा भेटाएका थिए । त्यसैलाई टिपेर ‘ट्याङ्चलाक’ बनाए, जसको अर्थ हुन्छ उज्यालोतिर ।

पानीको दुःख भएको गाउँमा अहिले बाटो पुगेको छ, तर सुविधा पुग्दा गाउँमा मान्छे छैनन् । 

मगर भाषामा नै नाम राखिएको गाउँ मानुङकोटमा मगरकै बसोबास थियो । पानीको समस्याका कारण थोरै मूल्यमा जग्गा बेचेर अधिकांश बासिन्दा बजार झरेका थिए ।

यसबाहेक शिक्षा र स्वास्थ्यका विषयमा जनचेतना जगाउने खालका विषयवस्तु पनि उनले कथामा जोडेका छन् । १ घण्टा ३ मिनेटको फिल्मले मगर समुदायका विभिन्न विषयवस्तु उठान गरेको छ ।

अन्तर्राष्ट्रिय मन्चमा नाम कमाइसकेको फिल्मलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले पनि जनजाति फिल्म फेस्टिभलको समयमा उत्कृष्ट कथा, निर्देशन, अभिनय, छायांकन आदि विधामा छनोट गर्‍यो ।

मगर भाषामा पहिलोपटक २०५१ सालमा ‘लङ्गन’ नामक फिल्म बनेको थियो । त्यसयता जम्माजम्मी ४७ वटा फिल्म मात्र बन्न सकेका छन् । यसैले देखाउँछ, भाषिक फिल्मको सफलता कहाँसम्म पुग्न सकेको छ । विविधता बोकेको समाजमा फिल्मले समाज देखाउनुपर्ने तर्क राख्छन्, मेजन । चलचित्र मनोरञ्जन मात्र नरहेको तर्क गर्ने मेजनको भनाइ छ– ‘फिल्मले चेतना दिनुपर्छ ।’ 

फिल्ममार्फत आफ्नो समुदायको उत्थानका लागि चेतना जगाउन प्रयासरत मेजन लेखक पनि हुन् । उनले धौलागिरीमा बसोबास गर्ने पुन समुदाय एक अध्ययनलगायत आधा दर्जन बढी पुस्तक प्रकाशित गरेका छन् ।

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x