×

संघर्ष र सफलताको कथा

पाँच हजार बढीलाई भाषा पढाएका 'विष्ट सर': दुई पटक अंग्रेजीमा फेल, अंग्रेजीमै ‘मास्टर डिग्री’

धनगढी | भदौ १५, २०८१

धनगढीका इन्द्र विष्ट चिया चौतारीमा भेट हुने दौँतरीहरूसँग पनि  प्राय अंग्रेजीमै कुरा गर्छन् । अंग्रेजीसँग उनको अनौठो लगाव छ। अंग्रेजीमै मास्टर डिग्री गरेका उनी अंग्रेजी शिक्षा बाँडिरहेका शिक्षक हुन्।

उनी विगत १८ वर्षदेखि शिक्षण पेसामा आवद्ध छन् । नेपाली विद्यार्थी अंग्रेजीमै विषयमै कमजोर देखिने गरेकोमा उनी चिन्ता व्यक्त गर्छन् । बोर्डिङ स्कुलको दाँजोमा सरकारीमा अध्ययन गर्ने विद्यार्थी अझ बढी अंग्रेजीमा कमजोर रहेको उनको ठम्याइ छ। ‘अध्यापन गराउने शिक्षक–शिक्षिका दक्ष हुनुपर्‍यो। सरकारी विद्यालयमा दक्ष शिक्षक भेट्नै मुस्किल हुन्छ। दक्ष शिक्षक रहेको विद्यालयमा पनि नियमित पढाइ हुँदैन,’ उनी भन्छन्, ‘सरकारी स्कुलका विद्यार्थीहरू अंग्रेजीसँग डराउँदै हिँड्छन् । त्यो वातावरणको सिर्जना शिक्षक–शिक्षिकाबाटै भएको हो। अंग्रेजी डराएर भाग्नुपर्ने विषय होइन। अंग्रेजी जति अध्ययन गर्‍यो, पढ्दै त्यति मजा आउँछ। बुझ्न सकियो भने अङ्ग्रेजी निकै सरल र सहज विषय हो।’ 


Advertisment

विद्यार्थीहरूको अंग्रेजी सुधार गर्ने हो भने उनीहरूलाई सानो क्लासमै अंग्रेजीबाट पढाउन सुरु गर्नुपर्ने उनको भनाइ छ । ‘जग बलियो भयो भने घर बलियो हुन्छ भनेजस्तै विद्यार्थीलाई सानो कक्षामै अंग्रेजी सिकाइयो भने उनीहरूको धरातल बलियो बन्दै जान्छ,’ उनी भन्छन्, ‘मेहनत नै सफलताको सूत्र हो । सफलतामा जिउने हो भने असफलताको भय त्याग्नुपर्छ। अनि जीवनलाई भागेर होइन भोगेर जिउनुपर्छ। त्यसका लागि अथाह मेहनत गर्नुपर्छ।’ 


Advertisment

गाउँमा विदेशी आएपछि...

Laxmi Bank

विष्ट पनि एकै पटक सफल भएका होइनन्। उनीसँग असफलताका अनगिन्ती अनुभव छन्। सुदूरपश्चिमको पहाडी क्षेत्र अछामको जनाली बण्डालीमा जन्मिएका उनी सामान्य परिवारका हुन् । घरमा आर्थिक अवस्था राम्रो नभएपछि उनी बाल्यकालबाटै काम गर्दै पढ्दै आएका हुन्। विगत सम्झिँदै उनी भन्छन्, ‘मैले बाल्यकालबाटै अथाह मेहनत गर्दै आइरहेको छु। तीन–चार कक्षामा पढ्ने बेलादेखि नै सातामा तीन दिन स्कुल जान्थे भने तीन दिन घरको काम गर्थे। दाउरा सङ्कलन गरेर बेच्थे । त्यहीँबाट कापी कलम र खर्च चलाउँदै आएको हुँ। ८ कक्षामा पढ्दादेखि मजदुरीको काम पनि गर्न थालेको थिएँ। भारी बोक्ने, सडक खन्ने, तरकारी दूध बेच्नेलगायत थुप्रै काम पनि गरें। अध्ययनलाई भने कहिले छोडिनँ।’

नौ कक्षामा पढ्ने बेला उनी सडक खन्ने काम पनि गर्थे। त्यो समयमा उनको गाउँमा विदेशी नागरिकहरू पनि अवलोकनका लागि आएका थिए।  विदेशीहरूले नेपाली नबुझ्ने उनी अंग्रेजी बोल्न नजान्ने । उनी मात्रै होइन, अछामका अधिकांश नागरिकहरूले अंग्रेजी नबुझ्ने ।‌ विदेशी नागरिकहरूलाई नेपाली र स्थानीयलाई अंग्रेजी बुझाउने उनीहरूका साथमा एक जना नेपाली थिए । विदेशीहरूले अंग्रेजी बोलेको सुनेपछि उनी मोहित भए र उनलाई पनि अंग्रेजी बोल्न मन लाग्यो।

 ‘जब उहाँहरूले अंग्रेजी बोलेको सुनें मेरो मन असाध्यै छोयो। मलाई पनि अंग्रेजी बोल्न मन लाग्यो। अंग्रेजी पढ्न मन लाग्यो । त्यसपछि मैले अंग्रेजी विषयमा मेहनत गर्न थालें । तर सहजै सफल भने हुन सकिन्ँ । अंग्रेजी विषयमा सानैबाट कमजोर भएकाले पनि होला एसएलसीमा फेल हुन पुगे। पूरक परीक्षा दिएर पनि अंग्रेजी पास हुन सकिन्ँ । अर्को पटक एसएलसी पास गरें । त्यही समयमा बुवाको निधन भएपछि अभिभावकविहीन बनें । मेरो दाइ भीमले जिम्मेवारी काँधमा लिनुभयो । भारतमा मजदुरी गरेर मलाई उच्च शिक्षा अध्ययनका लागि नेपालगन्ज पठाउनुभयो,’ विष्टले भने ।

असफलता पछिको सफलता

उज्ज्वल भविष्यको अपेक्षासहित विष्ट नेपालगन्ज पुगे। उनको मनमा अंग्रेजी विषय पढ्ने रहरले जग बसाइसकेको थियो। उनको एक सपना नै बनिसकेको थियो अंग्रेजी। त्यसलाई पूरा गर्न प्लसटुमा मेजर अंग्रेजी विषय नै लिए। तर विडम्बना ११ कक्षामा पनि उनलाई अंग्रेजी विषय लाग्यो। असफलता नै असफलताबीच पनि उनी डगमगाएनन् । क्याम्पस सँगसँगै उनले अंग्रेजी विषयको ट्युसन पढे। त्यतिले मात्रै पुगेन उनी अंग्रेजी भाषा सिकाउने इन्स्टिच्युट भर्ना भए । त्यसपछि विष्टको अंग्रेजी विषयमा सुधार हुँदै गयो। त्यो समयमा उनले अंग्रेजीका दर्जन बढी पुस्तकहरू पढे । 

‘मेरो सपनालाई साकार पार्न मैले अथाह मेहनत गरेको हुँ। खाजा नखाएर पनि पुस्तक किनेर पढेको थिएँ। म पुस्तक पसलमा भेट्ने अंग्रेजी विषयका नयाँ पुस्तकहरू किनेर पढिहाल्थे। फलस्वरूप उत्कृष्ट अङ्कका साथ म प्लस टु पास भएँ,’ उनले भने ।

null

स्नातक पढ्ने क्रममा उनले नेपालगन्जस्थित एक बोर्डिङ स्कुलमा शिक्षकको रूपमा जागिर खाए । ‘त्यो मेरो जिन्दगीका लागि निकै महत्त्वपूर्ण क्षण थियो। अंग्रेजीमा पटक–पटक फेल भएको म अंग्रेजी विषयकै शिक्षकमा नियुक्त भएको थिएँ। त्यति बेला मैले १५ सयबाट जागिरको सुरुवात गरेको हुँ। मेरो काम हेरिसकेपछि विद्यालय सञ्चालकले मलाई ३५ सय तलब बनाइदिएका थिए,’ उनले भने ।

सरकारी जागिरतिर मन गएन

नेपालगन्जमा आफ्नो अध्ययन सँगसँगै विष्टले सात वर्ष बोर्डिङ स्कुलमा पढाए । त्यही समयमा उनको विवाह भयो। उनको तलब बढेर ४५ सय पुगेको थियो। 

‘विवाह गरेपछि जिम्मेवारी बढ्यो । त्यो खर्चले अध्ययनसँगै घर खर्च चलाउन मुस्किल थियो। त्यसैले म नेपालगन्ज छोडेर आफ्नै व्यवसाय गर्ने गरी कैलाली फर्किएँ। बर्दगोरिया गाउँपालिकास्थित बौनिया बजारमा मैले आइडियल इङ्ग्लिस लङ्ङ्ग्वेज इन्स्टिच्युट खोले। ५ सय भर्ना शुल्क र १ हजारमा अंग्रेजी भाषा सिकाएँ,’ उनी सम्झिन्छन्, ‘विद्यार्थीको चाप असाध्यै थियो। पहिलो प्रयासमै सफलता मिलेपछि मैले घोडाघोडी नगरपालिका–१ सुखड बजारमा पनि शाखा विस्तार गरें । सुखडमा पनि अंग्रेजी भाषा सिक्न विद्यार्थीहरूको उपस्थिति राम्रो पाएँ । हौसला मिल्दै गएपछि म सानो ठाउँमा व्यवसाय गर्नुभन्दा प्रदेश राजधानीमै व्यवसाय गर्ने मनसायका साथ धनगढी आएँ,’विष्टले भने ।

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीलाई लक्षित गर्दै विष्टले क्याम्पसको नजिकै इन्स्टिच्युट खोले । लकडाउनपछि भने उनले धनगढीको हसनपुरमा आइडियल इङ्ग्लिस लङ्ङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट चलाइरहेका छन् । हालसम्म ५ हजार बढीलाई अंग्रेजी सिकाइसकेको अनुभव विष्टसँग छ। 

‘अंग्रेजी भाषा सिक्न म कहाँ विद्यार्थी मात्रै आउँदैनन् । अधिकांश नेपालीको अंग्रेजी भाषा कमजोर छ।  विभिन्न क्षेत्रमा काम गरिरहेका कर्मचारी, राजनीतिज्ञ, व्यापारी, पत्रकारलगायत व्यक्तिहरू पनि भाषा सिक्न आउनुहुन्छ । उहाँहरूलाई सन्तुष्ट बनाएर पठाइरहेको छु। यही नै मेरो सफलता हो। खुसी हो,’ विष्टले भने ।

इन्स्टिच्युट खोलेर अंग्रेजी सिकाइरहेका विष्टको ध्यान सरकारी जागिरतिर कहिले गएन । पहिलो प्रयासमै बोर्डिङ स्कुलमा जागिर र त्यसपछि आफ्नै अंग्रेजी भाषा इन्स्टिच्युट सञ्चालनमा ल्याउँदा सफलता पाएपछि उनी त्यसमै रमाइरहेका छन् ।

‘मैले सरकारी जागिर खान कहिले पनि प्रयास गरिनँ । जागिरभन्दा पनि मलाई सानैबाट व्यवसाय गर्न मन थियो। आफ्नै व्यवसाय गर्दा स्वतन्त्र पनि भइन्छ । म कसैको बन्धनमा र कसैको अन्डरमा बस्न सक्ने स्वभावको मान्छे पनि होइन । परिवारसँग मजाले बसिरहेको छु। व्यवसाय चलिरहेको छ। मासिक रूपमा एक लाखको हाराहारीमा मुनाफा पनि आइरहेको छ। मैले अंग्रेजी भाषा सिकाइरहेको छु भने मेरो जीवनसाथी भावनाले कम्प्युटर कक्षा सिकाइरहेकी छिन् । हामी सन्तुष्ट छौ’, विष्टले भने ।

शिक्षक विष्ट अंग्रेजी भाषाको मार्केट राम्रो रहेको बताउँछन् । आफ्नो इन्स्टिच्युटलाई प्रविधिमैत्री र अझै व्यवस्थित बनाउन उनले प्रयास गरिरहेका छन्। ‘प्रविधि र संरचनाले मात्रै संस्था राम्रो हुँदैन। त्यसका लागि असल शिक्षक पनि हुनु आवश्यक छ। क्षमता अभिवृद्धि गर्न सात वटा तालिम पनि लिइसकेको छु। विद्यार्थीको शिक्षण सिकाइलाई अझ व्यवस्थित बनाउन दक्ष जनशक्ति पनि खटाएको छु । अंग्रेजी पढ्ने रहरले मात्रै पुग्दैन । अथाह मेहनत पनि गर्नुपर्छ । मेहनत र प्रयासले नै मान्छेलाई सफल बनाउने हो । असफलतामा हरेस खानु हुँदैन । निरन्तर प्रयास भइरह्यो भने सफलता अवश्य मिल्छ,’ उनले भने ।

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x