जेठ १९, २०८१
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
विराटनगर | भदौ १५, २०८१
मोरङको बेलबारीका भगवतीप्रसाद घिमिरे संघर्षबाट उदाएका व्यक्ति हुन् । सामान्य परिवारमा हुर्किएका उनले जीवनको ऊर्जाशील समय सरकारी जागिर बचाउने ध्याउन्नमा नै बिताए ।
खोटाङ जिल्लामा २०१५ सालमा जन्मेका हुन्, घिमिरे । उनले प्राथमिक तहसम्मको अध्ययन गाउँकै विद्यालयबाट गरेका थिए । त्यसपछि महेन्द्र निमाविबाट ८ पास गरे । स्कूल पुग्न घरबाट एक-डेढ घण्टा हिँड्नुपथ्र्याे । खोला समेत तर्नुपर्ने भएकाले बर्खाको समयमा उनी धेरैपटक विद्यालय जान पाएनन् । ८ कक्षाभन्दा माथि पढ्न गाउँनजिकै स्कूल थिएन । उनले खोटाङको पुरानो सदरमुकाम खोटाङ बजारस्थित भगवती माध्यमिक विद्यालयबाट एसएलसी पास गरे ।
उच्च शिक्षा पढ्नका लागि उनी काठमाडौंमा गए । उनका साइँला दाजु दुर्गा काठमाडौंमा बस्थे । उनी सरकारी जागिरे समेत थिए । दुर्गा त्यति बेला लोकसेवा आयोगमा सुब्बा थिए ।
आईए पास गरेपछि उनमा पनि जागिर खाने हुटहुटी जाग्यो । उनी भर्खर २० वर्षका भएका थिए । उनी २०३५ सालमा नेपाल प्रहरीमा भर्ती भए । प्रहरी जवानमा भर्ती भएका उनको तालिम सकिएलगत्तै मन्त्री क्वार्टरमा ड्युटी पर्यो ।
त्यतिबेला डीपी अधिकारी जलस्रोतमन्त्री थिए । ६ महिना जति उनले त्यहाँ ड्युटी गरे । त्यसैक्रममा उनलाई २ वटा तालिम लिने असर जुर्यो । तीन महिनाको तालिम लिए ।
उनको दरबन्दी त्रिपुरेश्वर गुल्ममा थियो । लगत्तै उनले एकाउन्टसम्बन्धी अर्को तालिम समेत लिन पाए । उपत्यकाबाहिर जाँदा बढुवामा सहज हुने ठानेर उनी सप्तरीको कञ्चनपुर ठानामा सरुवा भएर आए ।
जवानबाट जागिरे जीवन शुरू गरेका घिमिरे हवल्दारमा बढुवा भएका थिए । तर, उनको जीवनमा ठूलो संकट आइलाग्यो । एकातिर पारिवारिक समस्या थियो, अर्कातिर प्रजातान्त्रिक विचार राखेको भनेर संगठनभित्र फरक व्यवहार हुन थाल्यो ।
‘पञ्चायतकाल भएकाले अहिलेजस्तो अवस्था थिएन,’ उनले भने, ‘जागिर छाडनुपर्ने अवस्था बन्यो ।’ पारिवारिक कारण भने उनले खुलाउन चाहेनन् ।
जागिर गएपछि भारतको काशी पुगेर केही समय बिताएको उनी बताउँछन् । नेपाल बस्दिनँ भन्ने लागेपछि जोडेको घडेरी समेत बेचेर उनी काशी गएका थिए ।
तर, मन मानेन । केही समयपछि नेपाल फर्किए । उनमा नेपाल प्रहरीप्रतिको मोह घटेको थिएन । पहिलो जागिर भएकाले उनलाई त्यतैको बढी चासो थियो ।
फर्केर आएपछि तत्कालीन आईजीपी मोतीलाल बोहरालाई भेटेर आफ्नो समस्या सुनाए । ‘आईजीपीसाबले अहिले असई खुलेको छ, त्यसमा भिड भनेर सुझाव दिनुभयो । पहिलेजस्तो समस्या आउँदैन भनेपछि म उहाँको सुझावअनुसार अगाडि बढें,’ उनले भने ।
त्यतिबेलासम्म पढाइमा बीए पास गरिसकेका थिए । असईमा पनि नाम निस्कियो ।
असई भएपछि उनको पहिलो पोस्टिङ दीपेन्द्र माध्यमिक विद्यालय धरानमा भएको थियो । काजमै रहेका बेला पहिलाकै समस्या दोहोरिएर पुनः जागिर गुम्ने स्थिति बन्यो ।
असईको जागिर पनि बिग्रिने अवस्था आएपछि उनी भागे । उनको नाममा वारेन्ट जारी भयो । राष्ट्रिय पञ्चायतकै समय भएकाले उनीमाथि दोस्रोपटक विपद् आइलाग्यो ।
उनी ६ महिना भागे । ६ महिना भाग्दा पनि मुद्दाको किनारा नलागेपछि राष्ट्रिय पञ्चायतका उपाध्यक्ष परशुराम राईलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरे ।
उनकै सल्लाहअनुसार तत्कालीन आईजीपीसँग भेटे । भगौडा पुलिसको कागज बनाएर मुद्दा मिलाइयो । उनको उर्जाशील समय जागिरकै लफडामा बित्यो ।
दुई–दुईपटक जागिर गुमे पनि उनले हरेश खाएनन् । त्यसपछि मोरङको डाँगीहाट भन्ने स्थानमा आएर एउटा विद्यालय सञ्चालन गरे । नाम थियो– ‘बालजगत इंग्लिश बोर्डिङ स्कूल’ ।
प्रहरीमा जागिर खाँदा पनि विद्यालयमा काम गरेकाले उनलाई केही अनुभव थियो । २०४७ सालको अन्तिमतिर उनले विद्यालय सञ्चालनमा ल्याएका थिए ।
विद्यालय खोलेको ५ वर्षसम्म उनले जम्मा २९ जना विद्यार्थीलाई पढाए ।
विद्यालय चल्दैन भन्ने लागेपछि साइडमा कपडाको व्यापार पनि थालेका थिए । नातामा भाञ्जा पर्ने आनन्द सुवेदीसँग कपडा व्यापारमा साझेदारी थियो । बेलबारीमा पसल खोलेका थिए ।
लेटाङ, केराबारी, बेलबारी, डाँगीहाट, सोमबारेलगायत साप्ताहिक हटियामा ठेलामा लगेर कपडा बेच्थे । कपडा व्यापारको ज्ञान खासै नभएकाले घाटा लाग्यो ।
निकै नै धेरै उधारो गएको थियो । अर्कातिर त्यही पसलको पैसा सापटी लिएर विद्यालयका शिक्षकलाई तलब खुवाउँथे । ‘उठाउनै नसक्ने गरी उधारो गएपछि जहाँबाट कपडा ल्याएका थियौं, त्यहीँ लगेर बाँकी कपडा बुझायौं । थप पैसा तिर्ने म्याद पनि राख्यौं,’ उनले सम्झिए ।
उनले २०५४ सालमा बेलबारी– २ मा ‘शिक्षा सन्देश’ नाममा अर्को स्कूल खोले । त्यहाँ भने विद्यार्थीको संख्या राम्रो थियो । डाँगीहाटमा विद्यार्थी कम भए पनि अभिभावक र बालबालिकासँगको घुलमिलले छाड्ने मन थिएन ।
दुवै विद्यालयमा विस्तारै विद्यार्थी बढ्दै गए । ३ सय जति पुगे । उनले फर्निचरको पैसा मात्रै लिएर शिक्षा सन्देश इंग्लिस स्कूल अरूलाई नै जिम्मा लगाए । त्यो स्कूलमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ । बालजगतमा भने १० कक्षसम्म पढाइ हुँदै आएको छ ।
डीएसपी बन्ने सपना देखेर असईमा भर्ती भएका उनी अहिले ५२ शिक्षकलाई तलब खुवाएर स्कूल चलाउँदै आएको बताउँछन् । सयौं बालबालिकालाई शिक्षाको ज्योति देखाउन सन्तुष्ट रहेको उनको भनाइ छ ।
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...