×

कांग्रेस बैठकको दृश्य

विश्वप्रकाशका शब्दैपिच्छे देउवाको प्रतिवाद, धनराजले सुनाए 'झापाली ज्वाइँ'को कथा

काठमाडाैं | भदौ १७, २०८१

महासमिति बैठक सकिएको ६ महिनापछि केन्द्रीय समितिबाट प्रस्ताव पारित गर्ने क्रममा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माका हरेक सवालमा प्रतिवाद गरे ।

महासमितिको तीनवटै प्रस्ताव पारित गर्न आइतबार बसेको बैठकमा देउवाले शर्मा बोलिरहँदा प्रतिवाद गरेका हुन् ।


Advertisment

शर्माले प्रस्ताव गरेको ‘एक्जिट पोलिसी’ र अर्का महामन्त्री गगन थापाले प्रस्ताव गरेको महाधिवेशनको मिति तथा चुनावी गठबन्धनसम्बन्धी प्रस्तावमा विवाद हुँदा कांग्रेसले लामो समयसम्म दुवैको प्रस्तावलाई अड्काएको थियो ।


Advertisment

तर, अन्तिममा चुनावी गठबन्धनको विरोध नगरी कांग्रेसलाई बलियो बनाउन आफ्नै चिह्नमा मात्र भोट हाल्ने वातावरण बनाउने, महाधिवेशनको तालिका केन्द्रीय समितिले टुंग्याउने र ‘एक्जिट पोलिसी’बारे विधान संशोधनका बेला छलफल गर्ने समझदारी भयो ।

Laxmi Bank

केन्द्रीय समिति बैठक रोकेरै सभापति शेरबहादुर देउवाले यी विषय टुंग्याए ।

तर, अन्तिम दिनको बैठकमा समापन सम्बोधन गर्ने क्रममा महामन्त्री शर्मालाई देउवाले हरेक सवालमा अप्ठ्यारो पार्दा बैठकको माहोल नै अस्वाभाविक देखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

‘महामन्त्री शर्माले ल्याउनुभएको एक्जिट पोलिसी विवादमा परेपछि सभापतिले नै केन्द्रीय समितिको बैठक राखेर यो विषयलाई टुंग्याउँदै आइतबार समापन गर्न खोजिएको थियो । तर, यही समापन भाषणमा महामन्त्री शर्माले शालीनतापूर्वक नै कुरा राख्न खोज्नुभयो । तर, उहाँको एउटा कुरा पनि सुन्ने धैर्यता सभापतिले देखाउनुभएन । बरु हरेक वाक्यपिच्छे प्रतिवाद गर्ने, अस्वीकार गर्ने र सुन्नै तयार नहुने व्यवहार सभापतिले देखउनुभयो ।’ 

मुख्यगरी कांग्रेसका नेताहरूलाई सक्रिय राजनीतिबाट बिदा दिने हिसाबले महामन्त्री शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदका लागि क्रमशः १, २, ३ र ४ पटकको एक्जिट पोलिसीको प्रस्ताव ल्याएका थिए । फागुनमा गोदावरीमा भएको महासमितिमा पेश भएको समसामयिक प्रस्तावमा समावेश ‘एक्जिट पोलिसी’बारे विवाद भएको थियो । 

देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा र उनै शर्मासँग श्रृंखलाबद्ध बैठक गरेर यो विषयमा समझदारी गरेका थिए । महासमितिको प्रस्ताव पारित गर्नु केही समयअघि मात्रै यी विषयमा समझदारी भएर बैठक टुंगिएको थियो । 

शर्माले जब एक्जिट पोलिसीको विषय उठाउँदै १५ औं महाधिवेशन गर्ने विषय उल्लेख गर्न थाले, त्यसपछि देउवा पनि प्रतिवादमा उत्रिन थाले । १० मिनेटजति विश्वप्रकाश बोल्ने र देउवाले प्रतिवाद गर्ने शिलशिला चलेको ती नेता बताउँछन् । 

बोल्न बाँकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डे र उमाकान्त चौधरी पहिले बोले । त्यसपछि बोलेका शर्माले एमालेसँग मिलेर सरकार बनाएको भन्दै देउवालाई बधाई दिए । 

लगत्तै पार्टीमा विभाग बनेको र यसले प्रभावकारी काम गर्नुपर्ने बताए । 

एमालेसँग भएको ७ बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरिसकेकाले यसप्रति प्रतिबद्ध हुनुपर्ने बताए ।

कांग्रेस र एमालेबीच १३८ मतले सरकार बन्ने तर संविधान संशोधनका लागि १८४ मत आवश्यक पर्ने बताए । यसैले संविधान बनाएजसरी नै कांग्रेसकै अग्रसरतामा संविधान संशोधनलाई पनि विवादरहित बनाउनुपर्ने उनले बताए । 

यतिमात्रै होइन, प्रतिस्पर्धी एमालेसँग बनाएको सरकारको साझा स्वामित्व लिनुपर्ने उनको भनाइ थियो ।

उनले उदाहरण दिएर त्रिभुवन विश्वविद्यालयको प्रसंग झिक्दै गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईबीच विवाद देखिँदा एमालेसँगको समीकरणमा समस्या देखिन थालेको संकेत गरे ।

सरकारको साझा कार्यक्रम पनि आउनुपर्ने उनले बताए । 

एमाले र प्रधानमन्त्रीसँगै सरकारमा भए पनि व्यवहारमा विमति हुन सक्छन् है भनेर बुझाउन सक्नुपर्ने पनि उनले बताए । ओलीपछि आलोपालोमा प्रधानमन्त्री बन्ने समझदारीको कार्यान्वयन कुरिरहेका देउवा पार्टीमा एमालेसँगको गठबन्धनबारे असन्तुष्टि नआओस् भन्ने चाहन्थे । तर, शर्मा बोलेपछि देउवाले उनको प्रतिक्रिया मन नपराएको एक नेता बताउँछन् ।

शर्माले एक्जिट पोलिसीसहितका विषयमा आफूले अगाडि सारेका विषयमा मिडियामा स्पष्टीकरण दिइसकेको तर सामाजिक सञ्जाल सभापतिले नहेर्ने भएकाले आफूले केही विषय बोल्न खोजेको प्रस्ट्याए । 

एमालेसँगको सहयात्रा सहज नभएको संकेत गर्दासम्म देउवाले मुख नखोलेको ती नेता बताउँछन् । तर, शर्माले जब एक्जिट पोलिसीको विषय उठाउँदै १५ औं महाधिवेशन गर्ने विषय उल्लेख गर्न थाले, त्यसपछि देउवा पनि प्रतिवादमा उत्रिन थाले । १० मिनेटजति विश्वप्रकाश बोल्ने र देउवाले प्रतिवाद गर्ने शिलशिला चलेको ती नेता बताउँछन् । 

हिंसा र कोरोना महामारी केही नभएको भन्दै शर्माले २०८४ सम्मको टाइसिट ल्याएरै संगठन चलाउनुपर्ने बताए । 

‘८२ सालमा महाधिवेशन गर्न सकेनौं भने ८३ सम्म गरौं,’ शर्माले भने, ‘२०८३ मा अधिवेशन शुरू गरेर सकाए चुनावका लागि नयाँ सभापतिलाई ७ महिनाको समय हुन्छ ।’ 

शर्माको यो प्रस्ताव पनि देउवाले प्रतिवाद गरे । देउवाले भने, ‘यसमा सहमति जुटिसक्यो त, फेरि किन बोलिरहेको ?’

null

‘एकातिर घुमाएर महामन्त्रीले सभापतिलाई दिइरहनुभएको थियो । अर्कातिर सभापतिले मुर्मुरिँदै हुँदैन, सकिँदैन, तिमीले भनेर हुन्छ, छोड्दिनँ भनेको मात्रै सुनिन्थ्यो,’ बैठकमा सहभागी एक नेताले भने, ‘अलि स्वर भएका बेला सभापतिले हुँदैन, म किन छाड्ने, पार्टीले परेको बेला आवश्यक निर्णय गरिहाल्छ नि भनेर धेरै प्रतिवाद गरेको सुन्यौं । सभापतिका कति कुरा त बैठकमा सहभागी भए पनि बुझ्न पाएनौं ।’

शर्माले अझै फुर्क्याएर तपाईंको नेतृत्वमा धेरै भइसक्यो थारु, मधेश, कर्णाली सबैतिर अधिकार दिलाउने काम भयो पनि भने ।

राजाको मात्रै एक्जिट पोलिसी हुँदैन, तर अरूको हुन्छ भन्दै उनले यसमा पार्टीले निर्णय गर्दै जानुपर्ने बताए ।

‘राजाको एक्जिट पोलिसी हुँदैन, तर अरूको हुनुपर्छ,’ शर्माले भने, ‘हामीले नै सभापतिको दुईपटक कार्यकाल तोकेका छौं । मन्त्री र सांसदलाई पनि तोक्दा के फरक पर्छ ?’ तर, देउवाले पनि यसमा ‘तपाईंले भनेर मात्रै हुन्छ त’ यो विषय नझिक्न आग्रह गरे ।

गर्न बाँकी र हुन बाँकी केही नभएको भन्दै शर्माले ६ जना नेताको नाम लिएर जसलाई प्रधानमन्त्री बनाए पनि हुन्छ भनेपछि देउवा आक्रोशित भएको नेताहरू बताउँछन् । 

‘अब २०८३ असारसम्म केपी ओली प्रधानमन्त्री बनेपछि तपाईं नबन्नुस् । तपाईं सभापति प्रधानमन्त्री पटक–पटक बनिसक्नुभयो । गर्न जति गरिसक्नुभयो । तपाईंले गर्न बाँकी एउटा मात्रै काम छ, त्यो हो त्याग,’ शर्माले भने, ‘यसैले शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये जानेर जसलाई प्रधानमन्त्री बनाए पनि हुन्छ ।’

अन्तिमतिर शर्माले यति के भनेका थिए, देउवा आक्रोशित शैलीमा प्रस्तुत हुन थाले । 

‘तपाईंले भन्ने कुरा एउटा हो । तर, भन्नेबित्तिकै छाडेर हिँडने ? ल ठीक छ । प्रक्रियाबाट आउनुस् । हटाउने भए अविश्वासको प्रस्ताव ल्याउनुस् । तर, कसैले छोड भन्दैमा म छोड्दिनँ ।’ 

सभापतिलाई रोक्न खोजिएको रूपमा बुझेर देउवा यसरी आक्रोशित भएको उनी बताउँछन् ।

‘विश्व दाइको स्वभाव शालीनतापूर्वक नै आफ्नो कुरा राख्ने छ । उहाँले मिलाएर एक्जिट पोलिसीबारे महासमितिले निर्णय नलिए पनि यो पार्टीमा बहसको विषय बनोस् । यही बैठकबाट पास गरौं भनेर सकिँदैन भन्ने उहाँलाई थाहा नै थियो,’ एक नेता भन्छन्, ‘फेरि कुरा उठाउन पाइयोस् भन्ने हिसाबले बोल्नुभएको थियो । तर, सभापतिलाई रोक्न खोजेको रूपमा बुझिएको 

विश्वप्रकाशलाई लक्षित गरेर उपसभापति धनराज गुरुङले ‘मरेको झापालीले जिउँदो स्याङ्जाली’लाई ठग्छ भन्दै कथा सुनाए ।

देउवाले नै पार्टी प्रवक्ता बनाए पनि उनी महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि देउवा समूहबाट बाहिरिएका थिए । प्रवक्ता भएका बेला कतिपय इस्युमा सभापतिले बोल्नुअघि नै सामाजिक सञ्जालमा लेख्ने गरेको भन्दै शर्माको देउवा समूहभित्रै विरोध हुने गरेको थियो । 

यसैले सोही समूहले शर्माविरुद्ध सभापतिलाई उचालेको पनि नेताहरू बताउँछन् । 

‘प्रवक्ता भएदेखि नै उहाँको सभापतिसँग ट्युनिङ मिलेको थिएन,’ एक नेता भन्छन्, ‘झन् महामन्त्रीमा अर्को टिमबाट लडेपछि आक्रोश हुने नै भयो । अहिले आएर एक्जिट पोलिसीको कुरा ल्याएपछि त सभापतिलाई उचाल्नेहरूले झन् आगोमा घिउ थपे ।’

पछिल्लो समय एक्जिट पोलिसी, १५ औं महाधिवेशन, चुनावी तालमेलको विषयमा महामन्त्रीद्वयका प्रस्तावमाथि विमलेन्द्र निधि, डा. प्रकाशशरण महतसहित देउवा निकटका नेताले तीव्र असन्तुष्टि देखाउँदै आएका थिए । यतिमात्रै होइन, शेखर–गगनसमूहबाट उपसभापति जितेका धनराज गुरुङसमेत महामन्त्रीविरुद्ध देखिए । 

विश्वप्रकाशलाई लक्षित गरी धनराजले भनेको कथा

विश्वप्रकाशलाई लक्षित गरेर उपसभापति धनराज गुरुङले ‘मरेको झापालीले जिउँदो स्याङ्जाली’लाई ठग्छ भन्दै कथा सुनाए । उनले झापाबाट स्याङ्जा आएर घरज्वाइँ बसेका एक व्यक्तिको कथा सुनाउँदै भने–

ज्वाइँ मानेर स्याङ्जालीले मान गरे, तर मान धेरै भएर हैरान । झापाली ज्वाइँले दुःख दिन थाले । धेरै नै दुःख दिएपछि गाउँलेले यो ज्वाइँलाई मार्न पाए हुन्थ्यो भन्ने सोचेछन् । उनले अहिले माफ गर्दिनुस्, म मरेपछि कुट्ने, दुःख दिने जे गरे पनि हुन्छ भनेछन् । ज्वाइँको कालगतिले मृत्यु भएपछि स्याङ्जालीले शवलाई रूखमा बाँधेर कुटपिट गर्न थालेछन् । त्यही बेला पुलिस आइपुगेछ । कुट्ने, लात्ताले हान्ने सबैलाई लगेर थुनेछ । यसरी झापाली ज्वाइँको अन्तिम इच्छा पूरा गर्दा स्याङ्जाली जेल गएछन् ।

एक्जिट पोलिसीको विषयमा व्यंग्य गर्दै गुरुङले यसो भनेको एक नेताले बताए । 

बहुपद भनेर धेरै पदाधिकारी बनाए पनि यसबाट केही फाइदा नभएको उनले बताए । 

‘बहुपदमा धेरै लबिङ मैले नै गरें । बहुपदमा गए पनि यसको खासै काम भएन । धेरै भयौं । हामी आएपछि के गर्‍यौं ? नेविसंघ, तरुण दल जम्बो बनायौं,’ गुरुङले भने । 

गुरुङले भैँसीलाई सिंगको भारी हुँदैन भन्ने गरे पनि आफूहरू सभापतिका निम्ति भारी भएको बताए । आफूले कुनै काम गर्न नसकेकोमा उनले आत्मालोचना समेत गरे । 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x