कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडाैं | भदौ १८, २०८१
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले गत साता रुपन्देही प्रहरीको नवनिर्मित भवन उद्घाटनका क्रममा नाम उल्लेख नगरी एक प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई विभागीय कारबाही गर्न लागेको सूचना चुहाए ।
पदीय मर्यादा छाडेर भ्रष्टाचार गरेको आरोपमा ती डीआईजीलाई कारबाही गर्न लागेको कुँवरको भनाइ थियो ।
स्रोतका अनुसार ती डीआईजी अरू कोही नभएर मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेल हुन् । उनको खातामा ९० लाख रुपैयाँ शंकास्पद रकम जम्मा भएपछि प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले अहिले छानबिन गरिरहेको छ ।
प्रहरी मुख्यालयले एक बिचौलियासहित ११ प्रहरी कर्मचारीलाई मुख्यालयमा झिकाएर धमाधम बयान लिने काम गरिरहेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार आईजीपी कुँवरको निर्देशनमा डीआईजी पोखरेलसहित मधेश प्रदेशमा लामो समय काम गरेका १० जना र कोशी प्रदेशका एकजना गरी ११ जनामाथि छानबिन भइरहेको हो ।
डीआईजी पोखरेलमाथि भइरहेको छानबिनका क्रममा जीतेन्द्र कर्ण नाम गरेका बचौलियामार्फत लेनदेन गरेकाले उनलाई समेत सोधपुछ गरिएको जानकारी मुख्यालयका एक उच्च अधिकृतले दिए ।
पोखरेलले कर्णमार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको आरोप छ ।
स्रोतले भन्यो, ‘कर्णले नै पोखरेलको खातामा ९ लाख ७० हजार चानचुन रकम जम्मा गरेको देखिन्छ । के हो भनेर हामी छानबिनमै छौं ।’
डीआईजी पोखरेलले भने आफूले छोरालाई अध्ययनका लागि विदेश पठाउँदा पैसा सापटी मागेको रिपोर्टिङ आईजीपी कुँवरलाई गरेका छन् ।
प्रहरी मुख्यालयले मधेश प्रदेशका विभिन्न सीमा प्रहरी चौकीका इन्चार्जदेखि अन्य प्रहरी कर्मचारीलाई छानबिनका लागि झिकाएको छ ।
स्रोतका अनुसार धनुषास्थित सीमा प्रहरी चौकी दुहवीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) चन्द्रप्रसाद यादव, सप्तरीस्थित मोहवा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव, कोशी प्रदेशस्थित भोजपुर बालांगामा कार्यरत हवल्दार वृजेस मुखियालाई हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।
यसैगरी इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, धनुषास्थित जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार ईश्वर अछामी, धनुषाकै प्रहरी चौकी कपिलेश्वरमा कार्यरत सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत जवान सतेशलाल कायस्थलाई प्रहरी मुख्यालयमा झिकाएर धमाधम बयान लिने काम भइरहेको छ ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले गृह मन्त्रालय र प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा केही प्रहरीलाई झिकाएर छानबिन भइरहेको बताए । उनले भने, ‘तस्करसँग सम्बन्ध राख्ने, टेलिफोन नै गरेर पैसा माग्ने, म्यासेज पठाउने र तस्करको सूचना माग्नेजस्ता प्रहरी अनुशासनविपरीत काम गरेको पाइएपछि छानबिनका लागि झिकाएर बयान लिने काम भइरहेको छ ।’
उच्च स्रोतका अनुसार धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारी र विचौलियाको काम गर्ने कर्णबीच समेत दैनिक १० देखि १२ पटकसम्म फोन सम्पर्क हुँदै आएको सूचना प्रहरी मुख्यालयमा पुगेको छ । स्रोतले भन्यो, ‘धनुषाका एसपी र कर्णबीच पनि लामै फोन सम्पर्क भएको देखिन्छ, तिवारीले फाइदा लिए कि लिएनन् भनेर छानबिन भइरहेको छ ।’
डीआइजी पोखरेल भन्छन्– 'छोरा विदेश पठाउन सापटी लिएको थिएँ, तिरिसकें'
डीआईजी पोखरेलले छोरालाई विदेश पठाउन सापटी लिएको बताएका छन् ।
के भने पोखरेलले ? (उनकै शब्दमा)
मैले छोरालाई वैदेशिक अध्ययनमा पठाउन पैसा सापटी मागेको हो । कर्णबाट मात्रै नभएर अरू थुप्रैसँग मागेको थिएँ । मसँग एक पैसा पनि थिएन । मैले खातामा झण्डै ९० लाख रुपैयाँ देखाउनुपर्ने थियो । सापटी माग्दै तिर्दै गरेको हो । अहिलेको जमानामा घुस वा रिस्वत पनि सिधै खातामा पठाउन कसैले भन्छ ? राम्रो काम गर्न हुँदोरहेनछ । मैले सबै मान्छे चिनेँ । कहाँ पैसा उठाएँ ? कहाँ भ्रष्टाचार गरेँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ नि, कारबाही गर्न । घुस लिएको प्रमाणित होस्, कारबाही भोग्न तयार छु । तर, कसैको मानमर्दन हुने मनसायले यसरी अनावश्यक दुःख दिन पाइँदैन । गलत आरोप लगाउन पाइँदैन ।
प्रहरी अधिकारीको बैंक खाता जाँच हुन लागेको हो ?
आईजीपी कुँवरले सार्वजनिक कार्यक्रममै सबै प्रहरीको खाता जाँच गर्न लागेको अभिव्यक्ति दिएपछि प्रहरीमा तरंग पैदा भएको छ ।
‘११ सय प्रहरी इन्सेक्टरमध्ये सबै ट्राफिकमै जान खोजेको र प्रहरी जवान, असई र सईहरू विशेष गरी मधेश प्रदेशकै इलाकामा जान खोजको देखिन्छ । त्यहाँ भ्रष्टाचारको गन्ध छ । नत्र किन मधेश प्रदेश नै जान खोज्छन् ?’ उनले भनेका थिए ।
के सबै प्रहरीको बैंक खाता जाँच गर्न लागेको हो र ? भन्ने प्रश्नमा आईजीपी कुँवरले लोकान्तरसँग भने, ‘आवश्यक पर्यो भने खाता जाँच गरिन्छ । इञ्चार्जले फोन सम्पर्क गरेर पैसा मागे, अरूकै खातामा रकम पठाइदेऊ, नत्र कारबाही गर्छु भन्नेजस्ता धम्की दिए भनेर सूचना आएका छन् । हामी भेरिफिकेसनमा लागेका छौं ।’
उनले लामो समय एउटै कार्यालयमा काम गर्न खोज्नुले केही न केही फाइदा लिन खोजेको देखिने बताए ।
‘सर्वसाधरणले प्रहरीलाई सोच्ने दृष्टिकोणमै परिवर्तन ल्याउन जरुरी छ, यही सन्दर्भमा मैले रुपन्देहीमा चेतावनीको शैलीमा भनेको हुँ,’ कुँवरले भने, ‘प्रहरीभित्र अझै शुद्धीकरणको जरुरी रहेको छ ।’
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् । एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...