×

मापदण्डविपरीत खाद्यपदार्थ उत्पादन गर्नेविरुद्ध मुद्दा दायर

जनकपुरधाम | भदौ १९, २०८१

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मापदण्डविपरीत  खाद्यपदार्थ  उत्पादन र विक्री वितरण गर्नेविरुद्ध मुद्दा दायर गरेको छ ।

मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड पालना नगर्ने कार्यमा संलग्न उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको हो ।


Advertisment

कार्यालयले उद्योगको नमूना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो ।


Advertisment

मधेश प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयअन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित  सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए ।​

Laxmi Bank

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलङ्गवा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ–आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । 

अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७  खाद्यपदार्थको नमूना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए ।

तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । सो कार्यालयले  उक्त अवधिमा खाद्य अनुज्ञापत्र  वितरण, नवीकरण र कारबाहीबापत रु २६ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालय अन्तर्गत मधेश प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् ।

त्यहाँबाट बजारको अनुगमन तथा नमूना सङ्कलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताए ।

दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नुन, दाल, दलहन, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमूना जाँच गरिएको कार्यालयले जनाएको छ ।

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x