मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
जेरुसेलम– संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अन्तर्राष्ट्रिय दबाबसामु झुक्न अस्वीकार गरिरहेको समय इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाब दिने बताएका छन् ।
नेतन्याहूले युद्धग्रस्त प्यालेस्टिनी भूमिबाट मारिएका ६ जना बन्धकलाई इजरायली सेनाले स्वदेश लगेपछि बढ्दो घरेलु र अन्तर्राष्ट्रिय दबाबका बावजुद हमाससँगको अप्रत्यक्ष वार्तामा ‘लचकता अपनाउन’ अस्वीकार गरेका छन् । यसपछि मिलरको यो भनाइ आएको हो ।
मिलरले भने, ‘यो सम्झौतालाई अन्तिम रूप दिने समय हो ।’
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले गाजाबाट मृत अवस्थामा फेला परेका ६ जना बन्दीलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन’ हुनुपर्ने बताएका छन् ।
सरकारलाई दबाब दिन र बन्धक बनाइएकाहरूको भविष्यबारे चिन्ता व्यक्त गर्न सडकमा उत्रिएका इजरायलीहरूबीच बढ्दो दुःख र आक्रोशका बावजुद नेतन्याहूले आफू ‘दबाबमा नझुक्ने’ बताएका हुन् ।
‘इजरायली प्रधानमन्त्रीले हमाससँग हाम्रा बन्धकहरूलाई जीवितै फर्काउने सम्झौता गर्ने हाम्रो सम्भावनालाई मारिरहनुभएको छ,’ तेल अभिभका २६ वर्षीय प्रदर्शनकारी जोनाथन इदानले भने, ‘उहाँ बाँच्न चाहेको एउटै मात्र कुरा उहाँको राजनीतिक जीवन र गठबन्धन हो ।'
इजरायली प्रधानमन्त्रीले ‘युद्धको उद्देश्य प्राप्तिका लागि’ गाजा–इजिप्ट सीमामा रहेको फिलाडेल्फिया करिडोरको नियन्त्रण आवश्यक रहेको बताएका छन् ।
इजिप्टले गाजाको सीमा हमासको हतियारका लागि प्रयोग गरिएको भन्ने आरोपको खण्डन गरेको छ । नेतन्याहूले इजरायली जनमतलाई विचलित पार्न र युद्धविराम सम्झौतामा पुग्न बाधा पुर्याउन खोज्दै यस्तो आरोप लगाएको उसको भनाइ छ ।
साउदी अरेबियाले कायरोको समर्थन गर्दै ‘फिलाडेल्फिया करिडोर’का सम्बन्धमा इजरायली वक्तव्यको कडा निन्दा र भर्त्सना’ गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताकारहरूसँगको भेटमा नेतन्याहूले बन्धक सम्झौताका लागि पर्याप्त काम गरिरहेका ‘छन्’ कि ‘छैनन्’ भन्ने प्रश्नको जवाफमा ‘छैनन्’ भन्ने प्रतिक्रिया दिएको वार्ताकारहरूले जनाएका थिए ।
हमासले लामो समयदेखि गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ताको माग गर्दै आएको छ । अर्कोतिर इजिप्टका अधिकारीहरूले सीमामा इजरायली सेनाको उपस्थितिप्रति आपत्ति जनाउँदै आएका छन् ।
‘नेतन्याहूले गाजालाई अनिश्चितकालका लागि केही हदसम्म कब्जा गर्न चाहेको देखिन्छ र अब उहाँले यसलाई अझ खुलेर भनिरहनुभएको छ,’ विश्लेषक मैरव जोन्सजेनले एएफपीसँग भने ।
इजरायलले सन् १९६७ मा गाजापट्टीकब्जा गरेको थियो र सन् २००५ सम्म त्यहाँ सैनिक र बसोवास कायम राखेको थियो । यो पछि हटेको थियो तर नाकाबन्दी लगाइएको थियो र हालको युद्धको शुरूवातदेखि नै पूर्ण घेराबन्दी गरिएको छ ।
इजरायलमाथि दबाब बढाउँदै बेलायतले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घनमा हतियारको प्रयोग हुन सक्ने ‘स्पष्ट जोखिम’ रहेको भन्दै केही हतियार निर्यातमा रोक लगाउने बताएको छ ।
गाजामा आफ्नो आक्रमण जारी राख्दा इजरायली सेनाले बुधवार जोर्डनसँग सीमा जोडिएको देशको पूर्वबाट इजरायलमा प्रवेश गर्ने क्रममा एउटा मानवरहित विमानलाई रोकेको दाबी गरेको छ ।
इजरायलले गत अक्टोबर ७ देखि हमासविरुद्ध चलाएको अभियानका कारण गाजामा कम्तीमा ४० हजार ८१९ जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।
इजरायलको दक्षिणी क्षेत्रमा गत अगस्ट ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो र मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । गत नोभेम्बरमा एकसाता लामो युद्धविरामका क्रममा दर्जनौँ व्यक्तिलाई रिहा गरिएको थियो ।
हमासको सशस्त्र शाखाका प्रवक्ता अबु ओबेदाले सोमवार इजरायलले उक्त क्षेत्रमा आफ्नो सैन्य दबाब कायम राखेमा बाँकी बन्धकहरू ‘कफिन’ मा फर्कने बताएका छन् ।
गाजा भग्नावशेषमा परेको र त्यहाँका २४ लाख बासिन्दामध्ये अधिकांश कुनै न कुनै रूपमा विस्थापित भएको र प्रायः साँघुरो र अस्वस्थ्यकर अवस्थामा शरण लिइरहेको कारण रोग फैलिएको छ ।
गाजामा २५ वर्षपछि पहिलो पटक पोलियोको संक्रमण पुष्टि भएपछि आइतवारदेखि खोप अभियान शुरू भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का अनुसार मध्य गाजामा एक लाख ६१ हजारभन्दा बढी बालबालिकाले खोपको पहिलो मात्रा लगाइसकेका छन् ।
डब्लूएचओले ६ लाख ४० हजारभन्दा बढी बालबालिकालाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...