×

चीनको सुरक्षा एजेन्सीले विद्यार्थीलाई गरायो सजग– ‘सुन्दर’ देखिने विदेशी जासुसकाे मायाजालमा नपर्नू

काठमाडाैं | भदौ १९, २०८१

बेइजिङ– चीनको राज्य सुरक्षा एजेन्सीले बुधवार ‘संवेदनशील विषय’मा पहुँच भएका विद्यार्थीहरूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ को मायाजालमा नपर्न सजग गराएको छ । एजेन्सीका अनुसार तिनीहरूले विद्यार्थीहरूलाई विदेशी शक्तिका लागि जासुसी गर्न लोभ्याउन सक्छन् । 

गत वर्ष विच्याट खाता खोल्दा विदेशी जासुसहरूले आफ्नो मुलुकसँग विश्वासघात गर्नका चिनियाँहरूलाई प्रलोभनमा पार्न काम गरिरहेको भन्ने बेइजिङको राज्य सुरक्षा मन्त्रालय (एमएसएस)को दाबीलाई बढावा एजेन्सीले दिएको छ । 


Advertisment

विदेशी जासुसहरूको ‘अनगिन्ती रूप छन् र तिनीहरूले आफ्नो लिङ्ग पनि परिवर्तन गर्न सक्छन्,’ भन्ने चेतावनी दिँदै मन्त्रालयले नागरिकहरूलाई मुलुकको खतराविरुद्ध ‘एक अर्ब ४० करोड जनताको रक्षा’ गर्न आह्वान गरेको छ । 


Advertisment

साथै मन्त्रालयले बुधवार विदेशी गुप्तचर एजेन्सीहरूमाथि चिनियाँ विद्यार्थीलाई लोभ्याउन ‘रोमान्स जाल’ तैनाथ गरेको आरोप पनि लगाएको छ । 

Laxmi Bank

विदेशी जासुसहरूले गोपनीय जानकारी हस्तान्तरण गर्नका लागि विद्यार्थीलाई विशेषगरी ‘संवेदनशील वैज्ञानिक अनुसन्धान डाटा’सम्म पहुँच भएकाहरूलाई ‘प्रलोभनमा पार्न र बाध्य बनाउन’ नोकरीको विज्ञापन र अनलाइन डेटिङको पनि प्रयोग गरिरहेको एमएसएसले बताएको छ । 

एमएसएसले चेतावनी दिँदै भनेको छ, ‘उनीहरूले आफूलाई ‘सुन्दर पुरुष’ वा ‘सुन्दर महिला’ का रूपमा पनि युवा विद्यार्थीहरूलाई ‘रोमान्सको जाल’मा तान्न सक्छन् ।’ एमएसएसले कथित योजनापछाडि कुन मुलुक थियो भन्नेबारे भने बताएको छैन । 

तर एजेन्सीले जासुसहरूले आफूलाई विश्वविद्यालयको विद्वान, वैज्ञानिक शोधकर्ता वा सल्लाहकारका रूपमा विद्यार्थीहरूलाई पैसाको अभावमा प्रलोभनमा पार्न सक्ने चेतावनी दिएको छ । यसलाई ‘लक्षित घुसपैठ’ भनिन्छ ।

यसै महिना एमएसएसले ‘राम्रो सामरी (परोपकारी वा सहयोगी व्यक्ति)’ भएको देखावटी गर्ने ‘भेडाको लुगाका ब्वाँसाहरू’ (विदेशी एजेन्ट)बाट सावधान रहन जनतालाई चेतावनी दिएको थियो । 

एजेन्सीले जुनमा बेलायतको एमआई६ गुप्तचर एजेन्सीमाथि बेलायतका लागि जासुसी गर्न केन्द्रीय सरकारका लागि काम गर्ने एकजोडीलाई भर्ती गरेको आरोप लगाएको थियो । 

सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भइरहेको मुलुकको उत्थानलाई रोक्न विदेशी शक्तिहरूले प्रयास गरिरहेको आरोप चिनियाँ पक्षले लगाएको छ ।

चीन र पश्चिमा शक्तिहरूले लामो समयदेखि एकअर्कामाथि जासुसी गरेको आरोप लगाउँदै आएका छन् र उनीहरूले हालै मात्र कथित व्यक्तिगत मामिलाको विवरण सार्वजनिक गर्न थालेका छन् ।

मे महिनामा अनुसन्धानकर्ताहरूले चीनका लागि जासुसी गरेको आशङ्कामा जर्मन एमईपीको ब्रसेल्स कार्यायलमा खानतलाशी गरेको थियो । 

मङ्गलवार न्युयोर्क राज्यका गभर्नरको सहयोगीका रूपमा काम गर्ने एक पूर्वअधिकारीलाई लाखौँ डलरको बदलामा चीनको एजेन्टका रूपमा काम गरेको आरोपमा पक्राउ गरिएको थियो । 


 

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x