×

ट्रान्सक्रिप्ट फिर्ता गर्दा घुस खानेलाई विशेषले सफाई दिएपछि अख्तियार पुग्यो सर्वोच्च

काठमाडाैं | भदौ १९, २०८१

विशेष अदालतले सफाई दिएको भ्रष्टाचारको मुद्दामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजकुमार थापा र बुद्धिविलास धितालविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रतिवादी थापा र धितालमाथि शिक्षक छनौट प्रक्रियामा स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट फिर्ता गर्न घुस बापतको रूपमा १६ हजार लिएको आरोपमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


Advertisment

अदालतले मिति गत साल मंसिर १३ गते उनीहरूलाई सफाई दिएको थियो । उक्त सफाईमा चित्त नबुझेपछि अख्तियार सर्वोच्च पुगेको हो ।


Advertisment

विशेष अदालतले प्रतिवादीले शिक्षक छनौट प्रक्रियामा राखिएको खर्चको रूपमा उक्त रकम माग गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को कसुर हुनका लागि आवश्यक पर्ने प्रमाण नदेखिएको भन्दै सफाई दिएको थियो ।

Laxmi Bank

अदालतले प्रतिवादीले गरेको कामलाई घुस/रिसवत नभई विद्यालयको लागि आवश्यक खर्चको रूपमा लिएको निष्कर्ष निकालेको थियो ।

अख्तियारले प्रतिवादीले रकम लिएको स्वीकार गरे तापनि, शिक्षा ऐन तथा नियमावलीमा विद्यालयले शिक्षक छनौट प्रक्रियामा खर्च माग गर्न पाउने व्यवस्था नरहेको र सो रकम विद्यालयको खातामा जम्मा नगरी नगद रूपमा माग गरिएको तर्क गर्दै विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गरेको छ ।

सर्वोच्चमा गरिएको पुनरावेदनमा अख्तियारले विशेष अदालतको निर्णयलाई बदर गरी प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय कायम गर्न माग गरेको छ ।

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

साउन १४, २०८१

लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ । तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ । आयोगका तत्कालीन शाखा अ...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x