×

प्रहरी कारबाहीमा सुस्तता

उजुरीमै भरपर्दा साँघुरियो कारबाही, ‘रिस्क’ मोल्न चाहँदैनन् प्रहरी अधिकृत

विज्ञ भन्छन्– ‘राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण’ मुख्य समस्या

काठमाडाैं | भदौ १९, २०८१

पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी सम्झन्छन्, त्यतिबेलाको काठमाडौं । २०६७ मा महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका बेला ठकुरी डकैती, धाकधम्कीपछि चन्दा असुली, अपहरणजस्ता अपराधको अनुसन्धानमा रुमल्लिनुपर्‍यो । 

ठकुरीकै कार्यकालमा गणबहालका व्यापारी अञ्जनीकुमार चाचनको गोली हानी हत्या भएको थियो । 


Advertisment

‘त्यतिबेला ठूला ठेक्कापट्टामा गुण्डा समूहले धम्की दिएर भाग खोज्ने, पैसा उठाइदिने नाममा गुण्डाकै प्रयोग गर्ने, ठूला ढुंगा खानी र जग्गाको प्लटिङमा भाग खोज्ने र अझ न्यूरोडका ठूला व्यापारीसँग हप्तादेखि मासिकरूपमा रकम असुलीमा समेत गुण्डा सामेल हुने विषय नौलो थिएन ।’ 


Advertisment

२०६७ को तुलनामा अहिले जनसंख्याको चाप बढेको छ । व्यापार र व्यवसायसँगै घरजग्गाको कारोबार बढेको छ । तर, प्रहरीले बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीबाहेक अर्को अपराध फेला पारेको छैन ।

Laxmi Bank

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको जनशक्ति पहिलाको दाँजोमा दोब्बर छ । अनुसन्धान कार्यालयमा पोख्त कर्मचारी छन् । 

१० वर्षभन्दा लामो समय बिताएका जवानदेखि सईसम्मका प्रहरी कर्मचारी कार्यरत छन् । तर, पनि प्रहरीलाई अपराधका सूचना आउँदैनन् । 

काठमाडौं उपत्यकामा संगठित अपराध नभएकै हो त ? पूर्व डीआईजी ठकुरी भन्छन्, ‘अहिले घटना हुँदै नभएका होइनन्, राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण भएकाले प्रहरीले चुनौती मोल्न नचाहेका हुन् ।’

ठकुरीका अनुसार अहिले पनि ठेक्कापट्टामा भाग खोज्ने, खानीमा महिना असुली गर्ने र व्यापारीसँग चन्दा असुली गर्ने काम भइरहे पनि कुनै न कुनै रूपमा ती गुण्डाहरू राजनीतिक दलका नेतासँग जोडिएका कारण प्रहरीले हात हाल्न चाहेका छैनन् ।

उपत्यका आसपासका ढुंगाखानी, ठूला प्लटिङ, क्यासिनोमा मिटरब्याज लगायतमा गुण्डाहरूको पनि लगानी रहेको एक प्रहरी अधिकारी बताउँछन् । 

गुण्डागर्दीबाट आर्जित रकमलाई ‘ह्वाइट मनी’ बनाउन गुण्डाहरूले राजनीतिक दलको आडभरोसा लिइरहेको ती प्रहरी अधिकारीको भनाइ छ । 

सामान्य सूचनाका भरमा इन्चार्जलाई तान्ने, कारबाही गर्ने र मनपरि सरुवाका कारण पनि प्रहरीले चुनौती मोल्न नचाहेको बुझाइ ती प्रहरी अधिकारीको छ । 

‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्ने डीआईजी मनोज केसीको एक वर्षकै अवधिमा तीनपटक सरुवा भयो । आर्थिक लेनदेन पुष्टि नभई मधेशको जिल्लाका एसपीहरू भटाभट तानिए,’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘अपराधमा राजनीतिक कनेक्सन कहीँ न कहीँ जोडिएकै हुने र कारबाहीको भागीदार उल्टै प्रहरी हुनुपर्ने भएपछि किन प्रहरीले रिक्स मोल्छ ?’

चर्चित गुण्डानाइके चक्रे मिलन अहिले देखिने गरी आपराधिक घटनामा संलग्न छैनन् । उनीविरुद्ध प्रहरीमा कतै उजुरी छैन । तर, सामाजिक सञ्जाल फेसबूकमा उनका गतिविधि हेर्दा उच्छृङ्खल देखिन्छन् । कुण्डलेमुण्डले, चुल्ठेमुन्द्रे र हिपहप शैलीमा पार्टी मनाइरहेका देखिन्छन् । 

फिल्मका विभिन्न डायलग ब्याकग्राउन्डमा बजाएर नाचिरहेको भिडियोले देखाउँछ कि उनीहरूले आफ्नो वर्चश्व कायम राख्न खोजिरहेका छन् । 

कहलिएका गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे राजनीतिमा छन् । उनी गण्डकीका प्रदेश सांसद हुन् ।

‘काभ्रेली डन’ भनेर चिनिने गणेश लामा अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । 

रमेश बाहुन भनिने सुजन पौडेल २०८० वैशाखमा जेलमुक्त भए । उनी अहिले नेपालभित्र भए/नभएको सूचना प्रहरीसँग छैन । 

गुण्डानाइके कुमार घैंटे र दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएपछि सुस्ताएको काठमाडौं उपत्यकाको गुण्डागर्दी अहिले फेरि संगठित रूपमा चल्न थालेको बुझाइ प्रहरी अधिकारीहरूको छ । 

प्रहरीको जथाभावी सरुवा, कारबाही र नेतृत्वले राजनीतिसँग सौदाबाजी गरेकै कारण तलका प्रहरीले ‘रिस्क’ मोल्न नचाहने गरेको एक प्रहरी अधिकारीले बताए ।

‘प्रहरी नेतृत्वको कार्यशैली मूल्यांकन गरेर नै तलका प्रहरी मुभ हुन्छन् । मनपरि सरुवा र बढुवामा राजनीतिक हस्तक्षेप हुँदा काम गर्ने प्रहरीको मनोबल गिर्ने भएकाले रिस्क मोल्न चाहँदैनन्,’ पूर्व एआईजी हरिबहादुर पालले लोकान्तरसँग भने ।

पालले गुण्डागर्दीलगायत अन्य संगठित अपराधमा प्रहरीले हात हाल्न नचाहनुको कारण राजनीतिसँगै जोडिएको बताए । ‘हेर्दाहेर्दै हिजोका गुण्डा नाइकेहरू आज राजनीतिमा छन्, मन्त्रीसम्म भइसके, प्रहरीले तिनलाई सलाम ठोक्नुपर्ने अवस्था छ,’ पालले भने, ‘यो कसले गरायो त ? राजनीतिले न गरायो । अपराधको संरक्षण कहाँबाट भएको छ भन्दा त राजनीतिबाटै भएको छ । प्रहरीले किन रिस्क लिने, रिस्क लियो भने ऊ कारबाहीमा पर्छ ।’ 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई भने अहिले संगठितरूपमा गुण्डागर्दी भइरहेको भन्ने सूचना नरहेको बताउँछन् ।

‘अहिले ठ्याक्कै संगठित रूपमै गुण्डागर्दी र अन्य अपराध भइरहेको सूचना प्रहरीमा छैन । उजुरी नआउँदा कसैको खानपिन र रहनसहनलाई लिएर पक्राउ गरी अनुसन्धान गर्ने कुरा पनि त भएन ।’

भट्टराईका अनुसार अनुसन्धान कार्यालयले ठूला र गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने भएकाले सामान्य घटनाको अनुसन्धान काठमाडौं परिसरबाटै हुँदै आएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले संगठित रूपमा हुने डकैती, अपहरण, चन्दा असुली र गुण्डागर्दीका उजुरी आउन छाडेको बताए ।

परिसरका अनुसार भदौ महिनाको १६ गतेसम्म प्रहरीमा ४४१ वटा उजुरी दर्ता भएका छन्, जसमा २९३ जना पक्राउ परेको उनले बताए । त्यस्तै, अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट कैद र जरिवाना गरिएका ३६१ जना पक्राउ परेका छन् ।

तुलनात्मकरूपमा प्रहरीमा दर्ता भएका घटनामा पक्राउ परेका संख्याभन्दा फैसला कार्यान्वयनतर्फकै संख्या बढी देखिन्छ । काठमाडौं प्रहरीले आफैंले सूचना पाएर घटनाको अनुसन्धान गरेका तथ्य भने कमै छन् । 

‘उजुरी नआइकन हामीले एक्सन लिन मिल्दैन, तर पनि पहिलेजस्तो गुण्डागर्दी र संगठित रूपमा हुने अपराध मौलाएको सूचना हामीलाई छैन ।’

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x