पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति कठोर टिप्पणी गरेका छन् ।
बैंकबाट कम ब्याजमा ऋण लिएर सहकारीमा बढी ब्याज लगाएर खाइरहेकाले पनि पीडित हुँ भन्दै आन्दोलन गरिरहेको आरोप लगाएका हुन् ।
बुधवार सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारीहरूको छाता सङ्गठन सहकारी महासंघ छ । सहकारीको समस्या त्यहाँ राखेर त्यहाँमार्फत आयो भने एकरुपता हुन्छ । सहकारीमा एउटै प्रकृतिका मान्छेहरू छैनन् ।'
उनले थपे, 'एकथरीका आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा लगेर राख्ने । अर्को भनेको बैंकबाट कम ब्याजमा लिने र सहकारीमा बढी ब्याजमा लगाउने । अनि त्यो बिचको नाफा खाइराख्ने छन् । सहकारीमा आन्दोलन पनि त्यस्तैले गरिरहेका छन् ।'
उनले पीडितको अगुवाई पीडकले गरिरहेको आरोप लगाए । 'पीडकले आन्दोलन किन गर्छन् ? आन्दोलनको अगुवाई गर्यो भन्ने पनि भयो, पीडित जनताबाट फाइदा लिन पनि पाइने भयो । अर्को भनेको आन्दोलन गरेजस्तो गरेपछि आफ्नो उद्देश्य पुरा पनि हुने भो ।'
उनले आफू मन्त्री हुनेबित्तिकै आन्दोलन शुरू भएको र आफूले वार्ता गरेको बताए । 'वार्तामा ८ बुँदे सहमति गरियो । तीमध्ये एक हप्ताभित्रै सात वटा बुँदा कार्यान्वयनमा गइसकेको छ । प्रतिनिधि सभाले सहकारी छानबिनसम्बन्धी अयोग बनाएको छ । त्यसले पनि समस्या सामाधान गर्नेछ ।'
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...