×

राष्ट्रिय महिला तथा पुरुष भलिबलः न्यू डायमण्ड र एपिएफ फाइनलमा

कास्की | भदौ १९, २०८१

पोखराको लामाचौरमा जारी ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’अन्तर्गत आज सम्पन्न खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ नेपाल पुलिसले जित हासिल गरेको छ ।

    नवआदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर यही भदौ १८ गतेदेखि लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता भएको हो । महिलातर्फको प्रतिस्पर्धामा डायमण्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो ।


Advertisment

    पहिलो सेटमा २५–१३ ले हराएको डायमण्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । प्रतियोगितामा लगातार दुई खेल जितेर स्पष्ट छ अङ्क बनाएको डायमण्ड फाइनलमा पुगेको छ । डायमण्डले यसअघि एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।


Advertisment

    दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेष्टलाई २५–१३ ले हराउन सफल भएको हो । 

Laxmi Bank

    यससँगै एपिएफ पनि स्पष्ट छ अङ्कसहित फाइनलमा पुग्न सफल भयो ।  गण्डकी र एभरेष्टले भने कुनै अङ्क जोड्न सकेका छैनन् । चार टिम सहभागी प्रतियोगितामा ‘राउन्ड रोविन लिग’को  आधारमा खेलाइएको छ ।

    यता पुरुषतर्फ भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो । दुई खेलमा जित हासिल गरेको पुलिसको छ अङ्क छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

    यसैगरी आजको अन्तिम खेलमा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदाहुँदै दोस्रो सेट सकिँदा लाइटप्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १–१ सेट जितेका थिए । 

    गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो । बिहान वर्षा भएपछि खेल ढिलागरी सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शङ्कर केसीले जानकारी दिए । 

    स्थगित एपिएफ र गण्डकीको खेल भोलि हुनेछ । यस्तै लिगका अन्य बाँकी खेल भोलि हुने केसीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

    प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट विधागततर्फ आकर्षक पुरस्कार वितरण गरिने आयोजक संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले जानकारी दिए । 

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x