×

अकबरे खुर्सानी बेचेर तीन लाख बढी आम्दानी

बाग्लुङ | भदौ २०, २०८१

फाइल तस्वीर

बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेका हुन् । उनले भने, 'गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ ।  अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा  खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन् ।' 

विसं २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवद्र्धन तालिमको आयोजना गरेको थियो । त्यही तालिम नै उनको जीवनमा कोसेढुङ्गा सावित भयो । गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा सहभागी भएकाको गुनासो गरेका थिए । तालिममा सहभागी भएका ६९ जनालाई कृषि कार्यालय बागलुङका तत्कालीन प्रमुख विनोद हमालले एक/एक प्याकेट अकबरे खुर्सानीको बीउ दिए ।


Advertisment

कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिबद्धतासहित कृषिले खुर्सानीको बीउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ । 'गाउँकाले खुर्सानीको बिरुवाले पेट भरिँदैन, करेलो र घिरौँलो लगाउँ भने, मैले मानिन्, अकबरे खुर्सानीको भविष्य देखेको थिएँ, पछिल्लो समय अकबरे खुर्सानीको फाइदा देखियो,' उनले भने, 'अहिले अकबरे खुर्सानीको माग उच्च देखेर पाँच रोपनी जग्गामा खुर्सानीखेती गरेको छु ।'


Advertisment

त्यही एक प्याकेट खुर्सानीको बीउबाट लालकुमारीले यतिबेला फैलाउँदै र बढाउँदै पाँच रोपनी जग्गामा व्यावसायिक खुर्सानीखेती गर्नुभएको छ । अन्य पाँच रोपनीमा झिलिङ्गो (सिल्टुङ्ग), सिमी, काँक्रो, करेला, भेन्टा र सागसँगै तरकारीखेती पनि गर्नुभएको छ । विसं २०७२ बाट व्यावसायिक खेती सुरु गरेकी लालकुमारी अहिले बर्सेनी २० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुन थालेको बताए ।

Laxmi Bank

विसं २०७५ मा रोपेका खुर्सानीका बोटले अहिले पनि उत्पादन दिने गरेको उनले बताए । पहिले पहिले लालकुमारीको खुर्सानी बागलुङ बजारमा बिक्री हुन्थ्यो, विस्तारै जिल्ला बाहिर पनि जान थाल्यो । केही वर्षयता कोसेलीका रूपमा आफन्त, इष्टमित्रलाई जापान, कोरिया, पोर्चुगल र अमेरिका पठाउने बढ्न थाले । विसं २०७९ देखि भने लालकुमारीले व्यावसायिक रुपमै आफूले उत्पादन गरेको खुर्सानी दुबई पठाउन थालेका हुन् । 

पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि बिक्री गर्ने गरेको भए पनि आजभोलि हरियो हुँदै बिक्री हुने गरेको उनको भनाइ छ । प्रतिकेजी तीन सय रुपैयाँ र प्रतिमाना एक सय रुपैयाँका दरले गाउँबाटै बिक्री हुने गरेको उनको भनाइ छ । खुर्सानीमात्र बेचेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गरेको लालकुमारीले बताए । 

खुर्सानीबाहेक अन्य तरकारी बिक्री गरेको आम्दानी छुट्टै छ । कादेश कृषि तथा पशुपालन सहकारी संस्थाको अध्यक्षसमेत रहेकी लालकुमारीले सहकारीमा आबद्ध भएकालाई खुर्सानी उत्पादनमा जोडेर बिक्रीवितरणमा सहजीकरण गर्ने तयारी गरेको बताए । 

स्थानीय, प्रदेश र केन्द्र सरकारका कृषिसम्बन्धी कार्यक्रम र कार्यालयबाट आफूलाई धेरै सहयोग प्राप्त हुने गरेको उनले बताए । रासस

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x