कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | भदौ २०, २०८१
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको बुधबार सम्पन्न पोलिटब्युरो बैठकले समसामयिक १३ प्रस्तावहरू पारित गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले अध्यक्ष केपी ओलीको नेतृत्वमा नेपाली कांग्रेससहितको नयाँ सरकार गठन भएको डेढ महिनाको अवधिमा पुँजीबजारमा उत्साहजनक वृद्धि, लामो समयदेखि अवरुद्ध सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति र प्रमाणीकरणजस्ता उपलब्धिले जनतामा आशाको सञ्चार भएको निष्कर्ष निकालेको छ ।
प्रस्तावमा भनिएको छ –सामाजिक सद्भाव, रचनात्मक बहस र स्वस्थ प्रतिस्पर्धाजस्ता नेपाली समाजका विशेषताको सम्वद्र्धन गर्न तथा लोकतान्त्रिक संस्कारको विकास गर्न लागिपर्ने सङ्कल्प गर्दछ र सम्बद्ध सबैलाई यसमा योगदान गर्न आह्वान गर्दछ ।
यस्तै मुलुकका सबै राजनीतिक दलहरुलाई जिम्मेवार र संयमित बन्न एवं देश तथा जनताप्रति उत्तरदायी भूमिकाका साथ अगाडि बढ्न आह्वान गर्दै प्रस्तावमा भनिएको छ –सरकारलाई दूध उत्पादक किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन, उखु किसानका समस्या सम्बोधन गर्न, सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न, सहकारीको रकम अपचलनमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन, जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिन, चाडबाडको मुखमा कालोबजारी, कृत्रिम अभाव र मिसावटका माध्यमबाट उपभोक्ताहरु ठगिने स्थिति अन्त्य गर्न, कर्णाली राजमार्गलगायत बिग्रेभत्केका सडकको यथाशीघ्र मर्मतसम्भारगरी नागरिकको आवागमन सहज र वस्तु तथा सेवाको निर्वाध आपूर्ति गर्न तथा डेङ्गु प्रकोपलाई नियन्त्रण गर्न ध्यानाकर्षण गर्दछ ।
००००
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा जथाभाबी लेखेको बताएका छन् । बुधबार पार्टी पोलिटब्युरो बैठकमा बोल्दै ओलीले बालेनको हर्कतप्रति सचेत हुन जरुरी रहेपनि डराउन भने आवश्यक नरहेको बताएका हुन् ।
‘ठुलो संगठन भएको एमालेले फेसबुकमा कसैले केही लेख्छ कि भनेर आत्तिन जरुरी छैन’, बैठकमा ओलीले भने । पछिल्लो समय एमाले र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच द्वन्द्व बढिरहेको बेला ओलीले यस्तो बताएका हुन् ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलाएको अनफलो अभियानको नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रतिवाद गरेकी छिन् ।
ओलीको सामाजिक सञ्जाल फेसबूकमा अनफलो अभियान चलाइएपछि झाँक्रीले सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया दिएकी हुन् ।
‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ,’ झाँक्रीले लेखेकी छिन् । ओलीको पेज अनफलो अभियान चलाइएपछि नेकपा एमालेका कार्यकर्ता पनि बालेनविरुद्ध आक्रोशित बनेका छन् । यसैबीच एमाले बैठकले महानगर क्षेत्रका नदी आसपासको नापीनक्साबारे सर्वोच्चबाट भएको फैसला पुनरवलोकनका लागि आग्रह गरेको छ ।
००००
सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग सत्ता सञ्चालनका सम्बन्धमा कुनै मतभेद नरहेको बताएका छन् ।
लोकतान्त्रिक प्रणाली जोगाउन कांग्रेस–एमाले सहकार्य भएको उनको दाबी छ ।
निजामती कर्मचारी युनियनले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले एमाले मुख्य प्रतिस्पर्धी पार्टी भएपनि अहिले एमालेसँग मतभेद नरहेको बताए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा(ओलम्पिक्समा काँस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
शीतल निवासमा बुधवार आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले नियमअनुसार पाउने ६५ लाख पुरस्कारमा कर छुट दिने घोषणा गरेका छन् ।
बुधबार साँझ पलेशासँग भेटपछि ओलीले यसबारे सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् ।
००००
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् ।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।
००००
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भई सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ।
बुधबार नेप्से परिसूचक ९०.७३ अङ्कले घटेर २७३९.४६ को विन्दुमा पुगेको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशलाई दुईदलीय शासनतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । सरकारले मुलुकलाई अधिनायकवादतिर लाने संकेत देखा परेको उनको टिप्पणी छ ।
पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठकमा बुधवार समापन मन्तव्य राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेस–एमाले गठबन्धन बनाउनुको नियत सफा नभएको बताएका हुन् ।
००००
नेकपा एस गठनका संस्थापक सदस्यहरू पछिल्लो पटक निराशा, आक्रोशसहित उकुसमुकुसमा देखिन्छन् । पुराना योगदान भएका, रचनात्मक सुझाव, सल्लाह दिने र नयाँ पंक्तिलाई पार्टीमा पूर्णरूपले ढोका बन्द गरिएको निष्कर्षमा उनीहरू पुगेका छन् ।
यहीबीच मनोनीत केन्द्रीय सदस्यहरूले आन्तरिक चुनावबाट नेकपा एसका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गरेपछि पार्टीभित्र विवाद चुलिएको छ । प्रभावशाली नेताहरूले आन्तरिक पार्टी जीवनबारे हाकाहाकी बालेका शब्दहरू सुन्दा नेकपा एस ‘भेन्टिलेटर’मा पुगेको भान हुन्छ ।
रामकुमारी झाँक्री नै उपाध्यक्षमा पराजित भएसँगै उनीसहितको टीम अब विद्रोहको विकल्प नभएको भन्दै बाटो बदल्ने निष्कर्षमा पुगेको लोकान्तरले बुधबार विस्तृतमा एक सामग्री प्रकाशित गरेको छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...