कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
काठमाडाैं | भदौ २०, २०८१
सवारी परीक्षण कार्यालय हेटौँडाले दिनमा मुस्किलले ४/५ वडा सवारी साधनहरूको जाँच पास गर्ने गरेको छ । कुनै दिन त त्यही पनि हुँदैन ।
कार्यालयका एक कर्मचारीका अनुसार दिनमा मुस्किलले ४/५ वटा मात्रै जाँच पास र ९/१० वटा प्रमिटको काम हुने गरेको छ । काम नहुँदा कर्मचारी दिन हाजिर मात्रै लगाएर फर्किने गरेका छन् । ‘दिनभरि कुनै काम नै हुँदैन । कहिलेकाहीँ ४/५ वटा सवारी साधनहरूको जाँच पास हुने गर्दछ । कहिलेकाहीँ त एक पनि हुँदैन, आउने र हाजिर गरेर फर्किने काम हुन्छ’, ती कर्मचारीले लोकान्तरसँग भने ।
देशभर हाल संघीय सरकारअन्तर्गत पाँच सवारी परीक्षण कार्यालयहरू छन् । काठमाडौंको टेकुपछि बाग्मती प्रदेशको मकवानपुर, लुम्बिनीको बुटवल, कोशीको इटहरी र सुदूरपश्चिमको अत्तरियामा सवारी परीक्षण कार्यालयहरू रहेका छन् ।
उपत्यका बाहिर रहेका सवारी परीक्षण कार्यालयहरूले अन्तर प्रदेशमा चल्ने सवारी साधनहरूको परीक्षण गर्ने हो । जहाँ सवारीको प्रदूषणदेखि अन्य मापदण्डहरू परीक्षण गर्ने गरिन्छ ।
तर, हेटौँडामा रहेको सवारी परीक्षण कार्यालयले गर्ने काम प्रदेशले नै गर्ने भएकोले कर्मचारी कामविहीन बनेका हुन् । प्रदेशले नै अन्तर प्रदेशका सवारीहरूको जाँच पासको काम गर्दै आएको छ ।
बाग्मती प्रदेशमा संघीय कार्यालयहरू दुइटा रहका छन् । माथि उल्लेख गरिएको हेटौडामा एउटा र अर्को काठमाडौंको टेकुमा छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले संघीय र प्रादेशिक अधिकार नतोकेकाले दुवैका काम बाझिएको सवारी परीक्षण कार्यालय टेकुका प्रमुख मणिराम भुसालले बताए । उनका अनुसार पहिलेदेखि नै प्रदेशहरूले अन्तर प्रदेशको काम गर्दै आइरहेका र अहिले पनि उक्त काम निरन्तर भइरहेको छ ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र निर्देशिका २०५० ले हामीले गर्ने कामको स्पष्टता दर्साएको छैन । पहिले नै ऐनमार्फत् दुवैको काम र अधिकार तोकिदिनु पर्ने हो,’ उनले भने, ‘तर, सबै प्रदेशहरूले आ–आफ्नै तरिकाले काम गरिरहेका छन् ।’
कोसी प्रदेशमा भने संघीय काम र प्रादेशिक कामहरू बाँडिएको छ । सवारी परीक्षण कार्यालय इटहरीले आफ्नो काम गरिरहेको छ भने प्रदेशले आफ्नै ढङ्गबाट काम गरिरहेको छ ।
सबै कुरा ऐनमा नै स्पष्ट रूपमा उल्लेख गरेर आउनुपर्ने सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख सुजन जोजिज्युले बताए । उनका अनुसार ऐनले नै सङ्घीय र प्रादेशिक अधिकार तोकिदिनुपर्छ ।
‘हाम्रो कोशी प्रदेशमा सवारी परीक्षण कार्यालयले गर्ने कामहरू निश्चित छन् । तर, प्रदेशले कसरी काम गरिरहेको छ भन्नेकुरा यकिनका साथ भन्न सकिँदैन,’ उनले भने, ‘पहिलो कुरा कानूनी रूपमा ऐनले नै अन्तरप्रदेशको काम कसरी गर्ने भन्ने विषयमा स्पष्ट उल्लेख गरिदिएको भए अहिले आशंका गर्नुपर्ने थिएन । त्यसैले ऐनले नै अधिकार तोकिदिनुपर्छ’, उनले भने ।
सवारी परीक्षण कार्यालयहरू हाल नरहेका तीन प्रदेशमा स्थापना गर्ने तयारी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेत, गण्डकी प्रदेशको पोखरा र मधेश प्रदेशको महोत्तरीमा सवारी परीक्षण कार्यालय स्थानपना गर्न लागेको हो ।
मन्त्रालयले सातै प्रदेशमा संघीय सवारी परीक्षण कार्यालय स्थापनागरी प्रविधिमैत्री बनाउने जनाएको छ । जहाँ सवारी परीक्षणलाई बढी प्रभावशाली बनाइनेछ ।
हाल सञ्चानमा रहेका पाँच वटा कार्यालयमध्ये काठमाडौंको टेकुमा रहेको सवारी परीक्षण कार्यालयसँग मात्रै परीक्षण गर्ने संयन्त्र रहेको छ । अब सबै प्रदेशमा पनि संयन्त्रहरू पुर्याइने मन्त्रालयले जनाएको छ ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...