०४ साउन २०८३, सोमबार

इन्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने

असार २३, २०८३
काठमाडौं
इन्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने

भारत र इन्डोनेसियाबीच अत्याधुनिक 'ब्रह्मोस' सुपरसोनिक क्रुज क्षेप्यास्त्र खरिद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ । सम्झौताअनुसार भारतले इन्डोनेसियालाई ब्रह्मोस क्षेप्यास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने दैनिक भास्करले जनाएको छ । फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरिद गर्ने इन्डोनेसिया तेस्रो मुलुक बनेको समाचारमा उल्लेख छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्डोनेसिया भ्रमणको दोस्रो दिन मंगलबार जकार्तामा त्यहाँका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधिसहित विभिन्न क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरू भएका हुन्।

इन्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित 'अस्त्र' एयर-टु-एयर क्षेप्यास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ। 'अपरेशन सिन्दुर' मा अस्त्र क्षेप्यास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इन्डोनेसियाले यसलाई खरिद गर्ने फैसला लिएको हो।

यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको 'सबाङ बन्दरगाह'को विकास गर्ने भएका छन् । यो बन्दरगाह मलक्का जलडमरूमध्यमा अवस्थित छ, जुन भारतको 'ग्रेट निकोबार पोर्ट प्रोजेक्ट' बाट करिब १०० माइल मात्र टाढा पर्दछ।

रक्षा क्षेत्रका अतिरिक्त भारतले इन्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ। यसलाई भारतको निर्वाचन प्रणालीमाथिको बलियो विश्वसनियता र भरोसाको रूपमा हेरिएको छ।

त्यस्तै, महत्त्वपूर्ण खनिजहरू (क्रिटिकल मिनरल्स)को आपूर्ति श्रृङ्खला (सप्लाई चेन) लाई थप बलियो बनाउन भारतले इन्डोनेसियामा स्टिल, निकेल र 'रेयर अर्थ म्याग्नेट' (दुर्लभ पृथ्वी चुम्बक)को उत्पादनमा ठुलो लगानी गर्ने सम्झौतासमेत भएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्