०४ साउन २०८३, सोमबार
६०औं मौद्रिक नीति

११ प्रतिशत कर्जा विस्तारको लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक

असार २३, २०८३
काठमाडौं
११ प्रतिशत कर्जा विस्तारको लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । 

मंगलबार गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ६० औं मौद्रिक नीति सार्वजनिक गरेका हुन् । 

आर्थिक वृद्धिमा सघाउन लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको गभर्नर डा. पौडेलले बताए । 

आर्थिक वर्ष २०८३/८४ मा निजी क्षेत्रतर्फ ११ प्रतिशतको कर्जा विस्तार हुने र १४ ब्रोड मनि स्पलाई हुने प्रक्षेपण गरिएको छ । 

वि.सं. २०२३ सालदेखि मौद्रिक नीति ल्याउन शुरू गरिएको हो । जसलाई गभर्नरबाटै ल्याउने शुरूआत भने आर्थिक वर्ष २०५९/६० सालदेखि भएको हो ।

मौद्रिक नीतिले संस्थागत ऋणीको व्यक्तिको जमानी लिने व्यवस्थामा कडाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यासलाई हटाउने गभर्नर डा. पौडेलले बताएका छन् । 

यसका साथै कालोसूचीमा कम व्यक्ति रहने, रूग्ण उद्योगमा निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने एवं दबाबमा रहेका कर्जाको पुनःउत्थान गर्ने जस्ता नयाँ उपकरण प्रस्ताव गरिएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्