
उदयपुरको उदयपुरगढी गाउँपालिकामा सुनको गहना सफा गरिदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक गोविन्द साह र सचिन साह छन् ।
दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेको सूचनापछि खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटना लगत्तै पीडित महिलाले प्रहरी चौकी उदयपुर गढीमा खबर गरेपछि उदयपुर गढीबाट खटिएको प्रहरीले उनीहरूलाई उदयपुर गढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।