०४ साउन २०८३, सोमबार

युरोपमा दुई लाखभन्दा बढी नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

असार २३, २०८३
काठमाडौं
युरोपमा दुई लाखभन्दा बढी नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एक सञ्जालको पर्दाफास गरेको जनाएको छ।

ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको हो। अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको जनाएको छ।

ओएलएएफका अनुसार ती कन्डममा एक प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो। साथै, जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो।

चिनियाँ अधिकारीहरूको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पहिचान गरिएको ओएलएएफले जनाएको छ।

ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण हुने बताएका छन्। उनका अनुसार परीक्षण र गुणस्तर नियन्त्रणबिनाका यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण फैलिन सक्ने जोखिम बढाउँछन्।

ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ आपूर्तिकर्ता वा सञ्जालमा संलग्न व्यक्तिमाथि गरिएको कारबाहीबारे भने थप विवरण सार्वजनिक गरेको छैन।

salt training

कमेन्ट गर्नुहोस्