०४ साउन २०८३, सोमबार
नक्कली शरणार्थी प्रकरण

बालकृष्ण खाण संगठित अपराधको मतियार, टोपबहादुर राज्यविरुद्धको कसुरमा दोषी ठहर [संक्षिप्त आदेशसहित]

असार २३, २०८३
काठमाडौं
बालकृष्ण खाण संगठित अपराधको मतियार, टोपबहादुर राज्यविरुद्धको कसुरमा दोषी ठहर [संक्षिप्त आदेशसहित]

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउछु भन्ने ठगी धन्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलवार खाण, रायमाझी लगायतलाई उक्त ठगीधन्धामा दोषी ठहर गरेको हो । 

नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाण ठगी तथा संगठित अपराधमा मतियारका रुपमा दोषी ठहर्ने अदालतको संक्षिप्त आदेशमा भनिएको छ ।

खाण केही समय पक्राउ परेर पछि उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका थिए । पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी भने ठगी तथा संगठित​सहित राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका छन् । 

राज्यविरुद्धको कसुर पूर्व गृहसचिव टेकनारायण पाण्डे, डा. ईन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटावा शेर्पा पनि दोषी ठहर भएका छन् । आफ्नै नागरिकलाई शरणार्थी बनाउने कार्यले मुलुकको छवि बिगारेको अदालतको ठहर छ ।

बालकृष्ण खाणसँगै अन्य ५ जना पनि संगठित ठगीको 'मतियार' का रूपमा कसूरदार ठहर भएका छन् । मतियार ठहर हुनेहरूमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाणका तत्कालीन स्वकीय सचिव नरेन्द्र के.सी., हज समितिका पूर्व अध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल रहेका छन् । 

उनीहरूले ठगी कार्यमा नीतिगत, व्यवस्थापकीय र प्राविधिक सहयोग पुर्‍याएको फैसलामा उल्लेख छ । 

यसैगरी केही आरोपीले भने सफाइ पाएका छन् । सफाइ पाउनेको सूचीमा टोपबहादुरका छोरा सन्दीप रायमाझीसँगै पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापा पनि रहेका छन् । 

त्यस्तै, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले पनि प्रमाण नपुगेको भन्दै सफाइ पाएका छन् । 
तर शरणार्थी काण्डमा विचौलियाको काम गरेका बेचन झा  ठगीमा दोषी ठहर भएका छन् । 

यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । फरार रहेका प्रतिवादीहरूको हकमा भने मुद्दा मुल्तवीमा राख्ने फैसला भएको छ । दोषी ठहर भएका सबैको सजाय असार २९ गते तोकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्