
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध २–० को अग्रता बनाएको छ।
इजिप्टका लागि १५औँ मिनेटमा यासेर इब्राहिमले पहिलो गोल गरेका थिए भने ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
यसअघि ६१औँ मिनेटमा जिकोले गरेको गोल भीएआर परीक्षणपछि फाउल ठहर गर्दै रद्द गरिएको थियो। तर, त्यसको केही मिनेटमै उनले फेरि गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए।
अर्जेन्टिनाले खेलमा फर्कने अवसर पाए पनि कप्तान लियोनल मेस्सीले पहिलो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन्। इजिप्टका गोलरक्षक मोस्टाफा शोबेइरले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाइरहेका छन्।