
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्तिपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बुधबार बसेको बैठकमा बोल्न समय पाएका राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन ?’ भनेर प्रश्न सोधेपछि सभामुखले माइक काटेका थिए ।
राईको अभिव्यक्तिले सभा र सभामुखको अपमान गरेको भन्दै अर्यालले माइक काटेका हुन्
एमाले सांसदहरू उठर विरोध जनाएपछि सभामुखले राईलाई पुन: समय दिए ।
तर, राईले तपाईंले ५ वर्ष सभामुख चलाउनुहुन्न, खुट्टी देखिसकेँ भनेपछि अर्यालले बैठक स्थगित गरेका हुन् ।
त्यसअघि रास्वपा सांसद ज्वाला संग्रौलाले नियमापत्ति गर्दै सभामुखविरुद्धको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।