२७ साउन २०८३, बुधबार

बुलबुल र भूठानका निर्माताको तीज गीत- ‘दिक्क लाइसक्यो’

साउन १७, २०८३
काठमाडौं
बुलबुल र भूठानका निर्माताको तीज गीत- ‘दिक्क लाइसक्यो’

बुलबुल र भूठान चलचित्रका निर्माता अविरल थापाले तीजलाई लक्षित गर्दै नयाँ गीत ‘दिक्क लाइसक्यो’ बजारमा ल्याएका छन् । 

चलचित्र लालीबजारमा गीत गाएर थप चर्चामा आएकी गायिका दीपिका बयम्बु,अर्की पार्श्व गायिका बेनिशा पौडेल र नवगायिका सुनिता विकको स्वर रहेको सो गीतमा संगीत किरण भुसालले गरेका छन् भने शब्द स्वयं थापाकै रहेको छ । 

सो गीतको भिडियोलाई हाल छायांकनमा रहेको चलचित्र ‘जुबा’की लेखक वर्षा पौडेलले निर्देशन गरेकी छिन् । यस गीतको भिडियोमा सम्भवत: नेपालमा पहिलोपटक एज रिभर्सड कास्टिङ शैलीलाई अवलम्बन गरिएको दाबी गरिएको छ ।

जसअन्तर्गत वयष्क महिलाको भूमिकामा बालिकालाई अभिनय गराउँदै नचाइएको छ । गीतमा नेपा डान्स एकेडेमीका १६ जना बालिकाले नाचेका छन् भने रोहिया महर्जनले कोरियोग्राफी गरेकी छन् । 

थुप्रै गहकिला गीत लेखिसकेका थापाले विगतमा चलचित्र साँघुरोका लागि पनि गीत लेखेका थिए भने ठक्कर बोलको गीत गत वर्ष कान्तिपुर म्युजिक अर्वाडको उत्कृष्ट पाँचमा परेको थियो । 

हेर्नुहोस् भिडियो : 

 

NAIMA

कमेन्ट गर्नुहोस्