२७ साउन २०८३, बुधबार

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवाललाई २४ घण्टे स्पष्टीकरण

साउन १९, २०८३
काठमाडौं
व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवाललाई २४ घण्टे स्पष्टीकरण

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो ।

व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधिएको प्रदेश प्रहरी कार्यालय कोशीका एक उच्च अधिकृतले बताए ।

मोरङ प्रहरीले सोमबार व्यवसायी मुन्दडाको घरमा छापा हाने पनि केही फेला पारेको थिएन । ‘कुन सुत्रका आधारमा छापा मारेको र केही पनि नभेटिनुको कारण के हो २४ घण्टा भित्र लिखित जवाफ पेस गर्नु,’ स्पष्टीकरणमा भनिएको छ ।

सूचनाको भेरिफाई नगरी छापा हानेर व्यवसायीलाई त्रसित बनाएको भन्दै अहिले प्रहरीको आलोचना भइरहेको छ ।

प्रदेशका डीआईजी शेखर खनालले पूर्वका व्यापारीसँग अहिले छलफल गरिरहेका छन् ।

NAIMA

कमेन्ट गर्नुहोस्