
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिई घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
तामाङलाई काठमाडौं महानगरपालिका वडा नम्बर १६, बालाजुबाट सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सोमबार नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।