२७ साउन २०८३, बुधबार

नशालु पदार्थ खुवाएर बलात्कार : २५ वर्षीया युवतीसहित ३ जना पक्राउ

साउन १९, २०८३
विराटनगर
नशालु पदार्थ खुवाएर बलात्कार : २५ वर्षीया युवतीसहित ३ जना पक्राउ

नशालु पदार्थ खुवाएर जबरजस्ती करणी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीया सोनुमा लिम्बू, मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ बस्ने ५० वर्षीय कमलबहादुर आलेमगर र मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० बस्ने ३८ वर्षीय डम्बर खतिवडा छन् ।

प्रहरीका अनुसार उनीहरूले यही साउन १७ गते पीडित महिलालाई नशालु पदार्थ सेवन गराएर एक रिसोर्टमा पुर्‍याएका थिए ।

त्यसपछि डम्बरबहादुरले ज्यान मार्ने धाकधम्की समेत दिई ​जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NAIMA

कमेन्ट गर्नुहोस्