२७ साउन २०८३, बुधबार

'गजनी'का अभिनेताको निधन

साउन १९, २०८३
काठमाडौं
'गजनी'का अभिनेताको निधन

 भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ। उनी क्यान्सरबाट पीडित थिए भने रोग पुनः बल्झिएपछि पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत रहेका थिए ।

उनको निधनको पुष्टि उनका म्यानेजर सिद्धार्थ तिवारीले गरेका हुन्। अभिनेता यशपाल शर्माले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निधनको जानकारी दिएका छन्।

प्रदीप रावतले अभिनय यात्रा बीआर चोपडाको चर्चित टेलिभिजन शृंखला 'महाभारत' मा अश्वत्थामाको भूमिकाबाट सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी भाषाका दर्जनौं फिल्ममा अभिनय गरे।

हिन्दी सिनेमामा उनले 'लगान', 'सरफरोश', 'गजनी', 'बैजू बावरा', 'आवारापन' र 'ग्रान्ड मस्ती' जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए।

सन् २००५ को तमिल फिल्म 'गजनी' मा उनको डबल रोल निकै लोकप्रिय बनेको थियो। पछि सोही भूमिकालाई उनले हिन्दी रिमेक 'गजनी' मा पनि दोहोर्याएका थिए। दक्षिण भारतीय चलचित्र उद्योगमा पनि उनले धेरै स्मरणीय खलनायक पात्र निर्वाह गरेका थिए।

NAIMA

कमेन्ट गर्नुहोस्