२७ साउन २०८३, बुधबार

युक्रेनी राजधानीमा रुसी आक्रमण, १४ जनाको मृत्यु

साउन २०, २०८३
काठमाडौं
युक्रेनी राजधानीमा रुसी आक्रमण, १४ जनाको मृत्यु

रुसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी भीषण मिसाइल आक्रमण गरेको छ । मंगलबारे राति भएको भीषण आक्रमणमा १४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।  अन्य २२ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छन् । किएवको सैन्य प्रशासन प्रमुख तिमुर तकाचेंकोले एक पटक फेरि किएवमाथि जबरदस्त आक्रमण गरिरहेको बताए। मंगलबारेर राति भएको आक्रमणको समयमा सहरभरि घण्टौंसम्म चेतावनीको सायरन बजिरहेको थियो भने सहरको भित्री तथा बाहिरी क्षेत्रहरूमा धेरै क्षेप्यास्त्रहरू खसेका थिए।

अधिकारीहरूका अनुसार आक्रमणमा बोरिस्पिल जिल्लामा ९ जना, बुचा जिल्लामा ४ जना र फास्टिव जिल्लामा १ जना गरी कुल १४ जनाको मृत्यु भएको छ। साथै, घटनामा कम्तीमा २२ जना सर्वसाधारण घाइते भएका छन् ।

युक्रेनी सेनाले रुसले जानीजानी आम नागरिक र आवासीय क्षेत्रहरूलाई मात्रै लक्षित गरेर यो आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। यद्यपि, आक्रमणको विषयमा रुसको तर्फबाट भने हालसम्म कुनै पनि आधिकारिक बयान जारी गरिएको छैन।

NAIMA

कमेन्ट गर्नुहोस्