२७ साउन २०८३, बुधबार

लगानी बोर्डको सीईओमा याङकी उक्याव नियुक्त

साउन २०, २०८३
काठमाडौं
लगानी बोर्डको सीईओमा याङकी उक्याव नियुक्त
फाइल फोटो

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङकी उक्याव (काठमाडौं)लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको सरकार प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्राध्यापक डाक्टर रोजेश श्रेष्ठ (भोजपुर)लाई नियुक्ति गरेको छ ।

NAIMA

कमेन्ट गर्नुहोस्