२७ साउन २०८३, बुधबार

नेपाल टेलिकमको अफर : बक्यौता रकम तिर्दा जरिवाना छुट

साउन २०, २०८३
काठमाडौं
नेपाल टेलिकमको अफर : बक्यौता रकम तिर्दा जरिवाना छुट

नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ । 

कम्पनीले सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिने जनाएको हो । 

कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरूलाई अनुरोध गरेको छ ।

यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नाम नामेसीसहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले चेतावनी दिएको छ ।

नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरेबापत तिर्नुपर्ने महसुल नतिर्ने ग्राहकहरूलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो ।

null

NAIMA

कमेन्ट गर्नुहोस्