२७ साउन २०८३, बुधबार

कांग्रेसको नीति प्रतिष्ठानले गर्‍यो थप ६ वटा उपसमिति गठन

साउन २०, २०८३
काठमाडौं
कांग्रेसको नीति प्रतिष्ठानले गर्‍यो थप ६ वटा उपसमिति गठन

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गरेको छ ।

कांग्रेस उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न छैठौं बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’, उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजकमा कैलाश केसी र यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमितिको संयोजकमा प्रतीक्षा चापागाईंलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमितिको संयोजकमा अनुपा श्रेष्ठ, सीमान्तीकृत वर्ग र समुदाय: सम्वाद र सशक्तीकरण उपसमितिको संयोजकमा नरेन्द्र पासवान र स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकमा डोलराज भुसाललाई चयन गरिएको दुलालले जानकारी  दिए ।

योसँगै प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ उपसमिति गठन भइसकेका उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

null

NAIMA

कमेन्ट गर्नुहोस्