![कमिसन घटाउन माग गर्दै इनड्राइभ चालकको प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Ride_Sharing_Driver_Protest_7_913Z2af8z4.jpg)
कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड शेयरिङ कम्पनी इनड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।
कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इनड्राइभको कुपण्डोलस्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
‘भाडा कम, कमिसन बढी अब सहदैनौं’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔं, न्याय बढाऔं’, ‘हामी चुप लागेर बस्दैनौं, अन्याय सहेर बस्दैनौं’, ‘राइडरको शोषण बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
सरकारले नयाँ आर्थिक वर्षदेखि लगाएको ५ प्रतिशत भ्याट पनि चालकले पुरानै भाडा दरअनुसार कमिसनको रूपमा तिर्नुपरेको फाउन्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केले बताइन् ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

















