२७ साउन २०८३, बुधबार

नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडभन्दा बढीको कारोबार

साउन २०, २०८३
काठमाडौं
नेप्सेमा सामान्य सुधार, ४ अर्ब ४० करोडभन्दा बढीको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७९ अङ्कले बढेर दुई हजार ६६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर ४६७ दशमलव ३६ विन्दुमा पुगेको छ ।

यसैगरी, फ्लोट परिसूचक शून्य दशमलव ०३ अङ्कले घटेर १८३ दशमलव २९ विन्दुमा झरेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ३० अङ्कले घटेर १५८ दशमलव २६ विन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका एक करोड ६७ हजार ७३२ कित्ता शेयर चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ मा खरिदबिक्री भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । आज एक सय २२ कम्पनीको शेयर मूल्य बढेको, एक सय ४३ कम्पनीको घटेको तथा ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज सोलु हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी, एभरेष्ट कलर लिमिटेड, कामना सेवा विकास बैंक डिबेञ्चर र मञ्जुश्री फाइनान्स लिमिटेड डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

NAIMA

कमेन्ट गर्नुहोस्