२७ साउन २०८३, बुधबार

भ्याक्सिनेटरबाट कमिसन लिएको आरोपमा पशु सेवा केन्द्र सप्तरीका प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा

साउन २०, २०८३
काठमाडौं
भ्याक्सिनेटरबाट कमिसन लिएको आरोपमा पशु सेवा केन्द्र सप्तरीका प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​​ 

भ्याक्सिनेटरहरूलाई सेवाबापत पाउनुपर्ने पारिश्रमिक भुक्तानी गराइदिएबापत २० प्रतिशत कमिसन लिएको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

डा दासले चालक यादवसँग मिलेमतो गरी भुक्तानी रकमको कम्तीमा २० प्रतिशत घुस माग्दै भ्याक्सिनेटरहरूलाई बाध्य पारेको र त्यसक्रममा १ लाख ३२ हजार ३५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त रकमलाई बिगो कायम गर्दै आयोगले दुवै जनाविरुद्ध सोही बराबर जरिवाना र कैद सजायको मागसहित बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

NAIMA

कमेन्ट गर्नुहोस्