२३ भदौ २०८३, मंगलबार

प्रधानसेनापतिको तलब ९० हजार कट्यो, सेनाका अरु दर्जाको कति ? [तलबमानसहित]

साउन २१, २०८३
काठमाडौं
प्रधानसेनापतिको तलब ९० हजार कट्यो, सेनाका अरु दर्जाको कति ? [तलबमानसहित]

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को लागि बजेटमार्फत वृद्धि गरेको नयाँ तलबमान स्वीकृत गरेको छ । 

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको हो । 

जस अनुसार प्रधानसेनापतितको तलब ९० हजार कटेको छ । प्रधानसेनापतिको तलब ९० हजार ५९४ रूपैयाँ पुगेको छ । 

यसैगरी, रथीको ८७ हजार ८५ र उपरथीको ८४ हजार ५७६ रूपैयाँ पुगेको छ । प्रधानसेनापति, रथी र उपरथीको ग्रेड संख्या २ छ भने ग्रेडदर क्रमश: २८३१, २७२१ र २६४३ रूपैयाँ रहेको छ । 

नयाँ तलबमान अनुसार सहायक रथीको ७८ हजार २२० र महासेनानीको ७२ हजार ८७६ रूपैयाँ पुगेको छ । उनीहरूको ग्रेड संख्या ५/५  छ भने ग्रेडदर क्रमश: २२३५ र २०८२ रूपैयाँ रहेको छ । 

प्रमुख सेनानीको ६९ हजार ९ रूपैयाँ र सेनानीको ६७ हजार ९०७ रूपैयाँ तलब कायम भएको छ । 
 

यस्तो छ नयाँ तलबमान :

nullnull
 

कमेन्ट गर्नुहोस्