२३ भदौ २०८३, मंगलबार

गाडीका नक्कली पार्ट्स कारोबारको आरोपमा एक जना पक्राउ, करोडौंका सामान बरामद

साउन २२, २०८३
काभ्रेपलाञ्चोक
गाडीका नक्कली पार्ट्स कारोबारको आरोपमा एक जना पक्राउ, करोडौंका सामान बरामद

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले टाटा गाडीका नक्कली पाटपुर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री–वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा व्यवसायी राजकुमार पोते छन् ।

प्रहरीका अनुसार बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मार्दा करोडौं रुपैयाँ बराबरका अवैध रूपमा आयात गरिएका नक्कली पार्टपुर्जा बरामद गरिएको छ। प्रहरीले पसलसहित १० वटा गोदाम पनि सिलबन्दी गरेको छ ।

प्रहरीका अनुसार पोते यसअघि पनि राजस्व छलीसम्बन्धी मुद्दामा पक्राउ परेर कारबाहीमा परिसकेका व्यक्ति हुन्।

प्रहरीले नक्कली पार्टपुर्जाको प्रयोगले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै राज्यको राजस्वमा क्षति पुग्ने र वैधानिक व्यवसायीसमेत प्रभावित हुने जनाएको छ।

यस्ता अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि देशभर खोजी तथा कारबाहीलाई तीव्र बनाइने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्