
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी)मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग लिएको १ लाख ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका खत्रीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
खत्रीलाई आयोगको टङ्गालबाट खटिएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानका क्रममा जग्गा हालसाविक गरी जग्गाधनी पुर्जा बनाई दिने समेतको काममा सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको थियो।
आयोगले उनीविरुद्ध १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।