२३ भदौ २०८३, मंगलबार

कर्मचारीको प्रोत्साहन भत्ता ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ शीर्षकमा रकमान्तर गर्न महालेखाको परिपत्र

साउन २२, २०८३
काठमाडौं
कर्मचारीको प्रोत्साहन भत्ता ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार’ शीर्षकमा रकमान्तर गर्न महालेखाको परिपत्र

महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको मासिक तलबमा थप भएको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानीका लागि बजेट उपशीर्षकबाट 'कर्मचारी प्रोत्साहन तथा पुरस्कार' खर्च शीर्षकमा रकमान्तर गरी निकास दिन देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको बजेट तथा शोधभर्ना शाखाले देशभरका सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरू (कोलेनिका) लाई परिपत्र गर्दै उक्त भत्ता भुक्तानीको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यको बुँदा नम्बर ६१ को खण्ड (ज) बमोजिम राष्ट्रसेवक कर्मचारीहरूका लागि शुरू तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको थियो ।  सोही व्यवस्था कार्यान्वयनका लागि महालेखाले साउन २२ गते परिपत्र जारी गरेको हो ।

परिपत्र अनुसार उक्त प्रोत्साहन भत्ता भुक्तानी निकासा गर्दा बजेट उपशीर्षक नम्बर ६०१०००१५ (कर्मचारी सुविधा) बाट खर्च शीर्षक नम्बर २११३५ (कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक) मा रकमान्तर गरी भुक्तानीको व्यवस्था मिलाउनुपर्नेछ ।

महालेखाको यो परिपत्रसँगै कर्मचारीहरूले बजेटमा घोषित प्रोत्साहन भत्ता प्राप्त गर्ने बाटो सहज भएको छ ।

null

कमेन्ट गर्नुहोस्