२३ भदौ २०८३, मंगलबार
अध्यात्मदर्शन​

महाभारत ज्ञानमाला : चराको आँखो र गोहीको आक्रमण : प्राचीन शिक्षा कि आधुनिक विज्ञान ?

साउन २३, २०८३
काठमाडौं

हामीले अघिल्लो भिडियोमा गुरु द्रोणाचार्यको जन्मको रहस्य र पराक्रमका बारेमा चर्चा गरेका थियौँ । आजको भिडियोमा उनका शिक्षा तथा परीक्षा प्रणाली र त्यसभित्र लुकेको दार्शनिक तथा वैज्ञानिक रहस्य एवं तिनले दिएका सन्देशबारे विभिन्न कोणबाट चिरफार गर्ने प्रयास गरेका छौँ ।

वास्तवमा गुरु द्रोणाचार्य एउटा कुशल शिक्षकमात्र थिएनन्, शिक्षालाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्नेबारे पनि त्यत्तिकै ध्यान दिने गर्दथे ।

उनको शिक्षामा सैद्धान्तिक ज्ञानमात्र हुँदैन थियो, त्यसलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्नेतर्फ पनि उत्तिकै ध्यान दिने गरिएको पाइन्छ ।

उनका अनुसार परीक्षाहलमा बसेर लिइने परीक्षामात्र परीक्षा होइन, वास्तविक परीक्षा त त्यो हो, जुन जीवनको मैदानमा लिने र दिने गरिएको हुन्छ ।

महाभारतमा उनले लिएका परीक्षाहरूमा दुईवटा परीक्षाको विशेष चर्चा भएको छ, जसमा एउटा चराको आँखो र अर्को गोहीको आक्रमण पर्दछ ।

यसमार्फत् उनले राजकुमारहरूको क्षमता पहिचान गरेका थिए । उनको त्यतिबेलाको शिक्षणकला आधुनिक शिक्षा र परीक्षा प्रणालीमा कोसेढुङ्गो बनेर रहेको देखिन्छ ।

आजको भिडियोमा यसैलाई केलाउन खोजिएको छ । कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहुन आग्रह गर्दछौँ ।

          

कमेन्ट गर्नुहोस्