२३ भदौ २०८३, मंगलबार

करिब ६० लाख रुपैयाँसहित २ जना पक्राउ

साउन २४, २०८३
काठमाडौं
करिब ६० लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक गुंग यागसहित २ जना छन् । उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंका लागि छुटेको ​ज १ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला भेटिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्