२३ भदौ २०८३, मंगलबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साउन २५, २०८३
काठमाडौं
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन तीन लाख लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर चार हजार ६७० पुगेको छ । हिजो एक तोला चाँदी चार हजार ६४५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

कमेन्ट गर्नुहोस्