२३ भदौ २०८३, मंगलबार

अमेरिकी सेनाको दाबी- इरानको एक बन्दरगाहतर्फ गइरहेको जहाज रोक्न मिसाइल प्रहार

साउन २७, २०८३
काठमाडौं
अमेरिकी सेनाको दाबी- इरानको एक बन्दरगाहतर्फ गइरहेको जहाज रोक्न मिसाइल प्रहार

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानको एक बन्दरगाहतर्फ गइरहेको एउटा जहाजलाई रोकेर त्यसको स्टेयरिङ सिस्टमलाई निष्क्रिय पारिएको दाबी गरेको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी एक बयानमा अमेरिकी सेन्ट्रल कमान्डले पनामाको झन्डा वाहक उक्त जहाज ओमानको खाडीबाट पार गर्ने प्रयास गरिरहेको जनाएको छ ।

अमेरिकी कमान्डका अनुसार जहाजको उद्देश्य इरानी बन्दरगाहसम्म पुगेर अमेरिकी नौसैनिक नाकाबन्दी तोड्नु थियो । बयानमा जहाजको नागरिक चालक दलले अमेरिकी सेनाद्वारा गरिएको बारम्बारको चेतावनीलाई बेवास्ता गरेको उल्लेख छ ।

यसपछि अमेरिकी नौसेनाको एउटा एमएच-६० हेलिकप्टरले जहाजको इन्जिन रुममा दुईवटा हेलफायर मिसाइल प्रहार गरेको थियो ।

सेन्टकमका अनुसार, मंगलबार ११ अगस्टसम्म ५५ वटा व्यावसायिक जहाजहरूको बाटो परिवर्तन गरिएको छ भने सहयोग नगर्ने तीनवटा जहाजलाई निष्क्रिय पारिएको छ र दुईवटा जहाजको खानतलासी गरिएको छ ।

कमेन्ट गर्नुहोस्