
रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ ।
स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
घटनास्थलभन्दा करिब पाँच किलोमिटर दक्षिण परोहा नपा वडा नम्बर २ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा शव फेला परेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कानूनी प्रक्रिया पूरा गरी ‘पोस्टमार्टम’ गर्नका लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलपतर्फ खटिएको रौतहट जिल्ला प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।