
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख छ हजार सात सय कायम भएको छ ।
हिजो एक तोला सुन तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ३५ ले घटेको छ । आज एक तोला चाँदी चार हजार सात सय ४५ मा कारोबार भइरहेको छ भने हिजो चार हजार सात सय ८० मा कारोबार भएको थियो ।