
बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा चक्कु प्रहारबाट गए राति एक मजदुर हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका ५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका ७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ ।
हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति उनलाई जिल्ला अदालत पुर्याइएको छ ।