२३ भदौ २०८३, मंगलबार

ट्रम्पको 'अप्रूवल रेटिङ' ३३ प्रतिशतमा झर्‍यो !

भदौ २, २०८३
काठमाडौं
ट्रम्पको 'अप्रूवल रेटिङ' ३३ प्रतिशतमा झर्‍यो !

अमेरिका र इरानबीचको युद्धका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता लगातार घट्दै गएको छ । ‘रोयटर्स/इप्सोस’ले हालै गरेको एक सर्वेक्षणअनुसार ट्रम्पको कार्यशैलीलाई जम्मा ३३ प्रतिशत अमेरिकी नागरिकले मात्र अनुमोदन गरेका हुन्। यता, ६४ प्रतिशतले भने उनको कामकाजप्रति असन्तुष्टि व्यक्त गरेका छन् । रोयटर्सका अनुसार ट्रम्पको वर्तमान राष्ट्रपतिकालमा यो नै सबैभन्दा कम अप्रूवल रेटिङ हो ।

यसअघि यसै महिना गरिएको सर्वेक्षणमा ट्रम्पको अप्रूवल रेटिङ ३५ प्रतिशत रहेको थियो। हालको ३३ प्रतिशतको यो रेटिङ ट्रम्पको पहिलो कार्यकालको डिसेम्बर २०१७ मा रेकर्ड गरिएको सबैभन्दा तल्लो विन्दु बराबर हो।

सर्वेक्षणमा सहभागी ८० प्रतिशत अमेरिकीहरूले अमेरिका र इरानबीचको यो युद्ध लामो समयसम्म लम्बिने बताएका छन्, जसमा ८७ प्रतिशत डेमोक्रेट र ७१ प्रतिशत रिपब्लिकनहरू सामेल छन्।

जब कि, जम्मा १६ प्रतिशत मानिसहरूको मात्र यो युद्ध केही हप्तामै अन्त्य हुने विश्वास छ।

त्यसैगरी, ५ जनामध्ये १ अमेरिकीको मात्र इरानविरुद्ध युद्ध गर्नु सही निर्णय थियो भन्ने धारणा रहेको छ ।

कमेन्ट गर्नुहोस्