२३ भदौ २०८३, मंगलबार

श्रीकृष्ण सिम्खडाको नयाँ गीत 'कुरा नकाट' सार्वजनिक [भिडियो]

भदौ ९, २०८३
काठमाडौं
श्रीकृष्ण सिम्खडाको नयाँ गीत 'कुरा नकाट' सार्वजनिक [भिडियो]

कलाकार, कवि, तथा व्यङ्ग्यकार श्रीकृष्ण सिम्खडा​को नयाँ गीत 'कुरा नकाट' सार्वजनिक भएको छ । 

उनको आफ्नै शब्द, संगीत र स्वर रहेको गीत मंगलबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । 

गीतको संगीत एरेन्जमेन्ट सञ्जय खड्गीले गरेका हुन् । बिकल खड्काले मिक्सिङ गरेको गीतको म्युजिक भिडियोमा सागर स्टुडियोले तयार गरेको हो । भिडियोमा पनि उनी आफैँ देखिएका छन् ।

गीतमा नेपाली समाजमा व्यप्त कुरा काट्ने प्रवृत्तिलाई व्यंग्य गरिएको छ । 

भिडियो
 

कमेन्ट गर्नुहोस्