२३ भदौ २०८३, मंगलबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला– दुई मित्रको प्रतिशोध, एउटाले राज्य खोस्यो, अर्कोले जीवन

भदौ १३, २०८३
काठमाडौं

जहाँ प्रतिशोधको आगो दन्किन्छ, त्यहाँ सर्वनाशको बीऊ रोपिन्छ । सुन्दा पत्याउन गाह्रो पर्न सक्दछ तर महाभारतमा व्यासजीले यसै भनेका छन् । गुरु द्रोणाचार्य र राजा द्रुपदबीच बाल्यकालमा घनिष्ट मित्रता थियो । ऋषि भरद्वाजको आश्रममा पढ्न बस्दा उनीहरू सहपाठीमात्र थिएन, एउटालाई चोटलाग्दा अर्कोलाई दुख्थ्यो ।

द्रुपद थिए राजकुमार, द्रोणाचार्य थिए गरिब ब्राह्मण तर उनीहरूबीच कुनै भेद थिएन । एक दिन खेल्ने क्रममा द्रोणाचार्यको गरिबी देखेर द्रुपदले दया देखाउँदै प्रतीज्ञा थिए, ‘चिन्ता नगर मित्र ! म राजा भएपछि आधा राज्य तिमीलाई दिनेछु ।’

बाबुको मृत्युपछि द्रुपद पाञ्चाल देशको राजा भए तर द्रोणाचार्य भने गरिब नै रहे । पहिले त उनलाई यसले खासै प्रभाव परेको थिएन तर, जब पुत्र अश्वत्थामाको जन्म भयो त्यसपछि भने गाह्रो पर्‍यो ।

नवजात शिशु दूध खान माग्थ्यो, घरमा थिएन । त्यसैले द्रोणाचार्यले पुरानो मित्रताको नाताले राजा द्रुपदसँग केही माग्न गएका थिए तर द्रुपदले केही पनि दिएनन्, बरू उल्टै एउटा राजा र गरिब ब्रह्मणबीचमा मित्रता हुन सक्दैन भन्दै अपमान गर्नसमेत बाँकी राखेनन् ।

त्यसपछि द्रोणाचार्यको मनमा प्रतिशोधको आगो दन्कियो र बदला लिने उद्देश्यले हस्तिनापुर आएर कौरण पाण्डवका गुरु बने । त्यपछि पुरानो घाउको सम्झना गर्दै उनले आफ्ना अर्जुनमार्फत् द्रुपदलाई बन्दीमात्र बनाएनन्, उनको राज्यसत्ता नै छिनिदिए ।

त्यतिबेला द्रोणाचार्यले आफूले जितेको द्रुपदको राज्यबाट आधा हिस्सा उनैलाई फिर्ता गरी पुरानो मित्रतालाई कायमै राख्न खोजेका भए पनि द्रुपदले आफ्नो अपमानलाई बिर्सिन सकेनन् र फर्केर आएपछि यस्तो यज्ञ गरे कि, जहाँबाट धृष्टद्युम्न र द्रौपदीको जन्म भएको थियो, जसको कारण महाभारतको युद्धमा द्रोणाचार्यको ज्यान गएको थियो ।

आजको भिडियोमा हामीले महाभारतको यही घटनालाई इतिहास, दर्शन, भूगोल र सैन्यविज्ञानको आधारमा केलाउने प्रयास गरेका छौँ । कस्तो लाग्छ भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्नेमा आशावादी छौँ ।

कमेन्ट गर्नुहोस्