२३ भदौ २०८३, मंगलबार

बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका २४ मोबाइल साइट सञ्चालन

भदौ १५, २०८३
काठमाडौं
बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका २४ मोबाइल साइट सञ्चालन

रसुवा बाढीका कारण बन्द भएका एनसेलका २७ वटा मोबाइल साइटमध्ये २४ वटा पुनः सञ्चालनमा आएका छन्। अब तीनवटा साइट सञ्चालनमा आउन बाँकी रहेको कम्पनीले जनाएको छ ।​ 

एनसेलका अनुसार बाँकीमध्ये नुवाकोटको एउटा र रसुवागढीको टिमुरेमा रहेको एउटा साइटमा पूर्वाधारमा क्षति पुगेको आशंका गरिएको छ।

त्यस्तै, रसुवाको अर्को एउटा साइटमा हेलिकोप्टरमार्फत आवश्यक सामग्री पुर्‍याउनुपर्ने भएकाले पुनः सञ्चालन हुन बाँकी छ।

रसुवा, धादिङ र नुवाकोटमा एनसेलका कुल ७८ साइट रहेकामा हाल ७५ वटा सञ्चालनमा छन्। नुवाकोटका १६ वटा साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।

कालिकास्थान, चौर्तोल, चुर्ली, बट्टार, विदुर, दुईपिप्ले, तारुक, माडे डाँडा, खड्कभञ्ज्याङ, महामण्डल, गुजेतार, देउराली, बट्टार बजार र पिपलटारलगायतका स्थानका टावर सञ्चालनमा आएका छन्।

त्यस्तै, धादिङको गल्छीस्थित खाल्टे, सुनौला बजार र भूमि डाँडाका टावर पनि सञ्चालनमा ल्याइएको छ।

रसुवामा कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र गात्लाङका पाँचवटा टावर पुनः सञ्चालनमा आएका छन्।

ती टावर सञ्चालनमा आएपछि आफन्तसँग सम्पर्क कायम गर्न तथा उद्धार र राहत वितरणका काममा आवश्यक सञ्चार सुविधा सहज भएको एनसेलले जनाएको छ।

कमेन्ट गर्नुहोस्